कैलाशमा बास तिम्रो

कैलाशमा बास तिम्रो भाङ् धतुरोमा रमाई

साथमामाता पार्वती शिरमा गङ्गा हातमा डमरू त्रिशुल नचाई।

खरानी र बाघका छालाले ति स्वरुप सजाई

जटा धारी प्रभु तिमी बस्छौ बाग्मतीको तिरैमा रमाई।।

आए साधु सन्त ऋषि मुनी सर्वब्यापक प्रभु तिमी भनि

रमाएर जगाउदै धुनि हजुरको चरण पाए धन्य हुन्छु भनि।।।

सन्त भोला शिव सम्भो नाम तिम्रो अनेक

भोले बाबा तिमी प्रभु स्वरूप तिम्रो एक।।।।

संहारकर्ता तिमी प्रभु सम्भारकर्ता तिमी

जगतकै पालनकर्ता प्रभु सबका भोलेनाथ तिमी

शम्भो शिव जपी जपी बस्न पाऊ सधा प्रभु हजुरकै चरण मुनी।।।।।

प्रतिकृया दिनुहोस