१५ परिवारलाई पाडी वितरण


सिर्जना अर्याल
चितवन , साउन ६
पश्चिम चितवनमा रहेको सेतिदेवी सामुदायीक वनले आइतवार आपनो उपभोक्ताहरुलाई भैसीको पाडी वितरण गरेको छ ।

वनको बार्षिक कार्यक्रम अन्तरगत गरिबी न्यूनिकरण कार्यक्रम अनुसार विपन्न परिवारका आफ्ना १२ महिला सहित १५ जना सदस्यलाई एक कार्यक्रमका बीच पाडी वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका जिल्ला वन अधिकृत केदारनाथ पौडेलले सेतीदेवी वनको समुदाय लक्षित कार्यक्रमको सर्हाना गर्दै उपभोक्ताको जीवनस्तर उकास्न यस्ता कार्यक्रम आवश्यक रहेको बताउनु भयो । उहाँले सामुदायीक वनमा वन्यजन्तु र मानव विच द्धण्द्ध बढि हुने गरेको बताउदै यसको समधानका लागि राज्य र उपभोक्ताहरु सबै एकजुट हुनै पर्ने बताउनु भयो ।
आयमुलक कार्यक्रम स्वरुप पाडी किन्नका लागि एक किसान वराबर १५ हजार रुपैयाँका प्रदान गरिएको हो । सेतिदेवी सामुदायीक वनका अध्यक्ष नन्दप्रसाद भट्टले विपन्न सदस्यको आयआर्जनका लागि पाडी दिईएकाले राम्रो संग हुर्काउन आग्रह समेत गर्नु भयो । वनले सकाठ विक्रि गरेर आम्दामी भएको रकम मार्फत पाडी किन्ने रकम जुटाएको अध्यक्ष भट्टले प्रष्टाउनु भयो
भरतपुर महानगर १६ मा रहेको यस वनमा सात वटा ब्लक रहेको र सेतीदेवि सामुदायीक वनका ६ सय उपभोक्ता सदस्य रहेको सचिव दुर्गा सोडारीले बताउनु भयो । कार्यक्रममा सचिव सोडारीले भैसीको पाडी अन्यत्र विक्री गर्न नपाइने , अरुलाई सटहीमा दिन नपाइने लगायतको वारेमा प्रष्टाउनु भयो ।
कार्यक्रममा वडा नम्वर १६ का वडा अध्यक्ष चतुरमान गुरुङले सामुदायीक वनको स्थानिय को जीवीकोउपार्जनका साथै पर्यटन लक्षित कार्यक्रमले वडाकै गरिमा बढाएको विचार राख्नु भयो ।
पछिल्लो समयमा लोपोन्मुख अवस्थामा रहेका एक सिगे गैडा ,वाघ लगायतका जीवजन्तु पाइने यस वन वाह्य पर्यटकका लागि पनि आर्कषणको क्षेत्र वन्दै गएको वनका अध्यक्ष भट्टले बताउनु भयो । उहाँका अनुसार
पर्यटन प्रवद्धन कै लागि साढे तीन विघामा ताल निमार्ण गर्न लागेको लागिएको छ ,कटेज सहितको ताल निमार्ण गरेसगै होमस्टे पनि निमार्ण गरिने छ ।
सामुदायीक वनले पाडी दिएपछि उपभोक्ता समुहका पाडी पाएका सदस्यहरु सार्है खुशी देखिएका छन् । भैसी पालेर दुध वेची घर चलाउने रहर अव पुरा हुने भन्दै पाडी पाएका जसु नेपाली र रेखा घलेले एकै श्वरमा खुशी व्यक्त गर्नु भयो ,
वनका सहसचिव ऋषिराम गौतमले वनले समुदाय लाक्षित कार्यक्रमहरु गर्ने गरेको बताउनु भयो । चितवन जिल्लामा रहेका ८९ सामुदायिक वनमध्ये २ वटा वनले पाडी वितरण कार्यक्रम गरेका छन् । जीवीकोउपार्जनका लागि भैसीको पाडी वितरण लगायतका कार्यक्रमहरु आवश्यक पनि छ ।
समुदाय लक्षित यस्ता कार्यक्रमले समृद्ध समाज निमार्णमा सहयोग पुग्ने भएकोले समुदाय लक्षित कार्यक्रमतर्फ सामुदायिक वनको ध्यान पुग्नुपर्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस