सस्कृति संरक्षणमा गुरुकुल शिक्षा

 

साउन २१ , देवघाटधाम चितवन
प्रदेश सांसद गिता वाग्लेले लोककल्याण्कारी प्रतिष्ठानले सञ्चालन गरेको श्री रामजानकी बालिका आश्रमको भौतिक संरचना विस्तारका लागि प्रदेशस्तरीय बजेट विनियोजनका लागि पहल गर्ने आश्वाशन दिएकीछिन् । भरतपुर १ देवघाटधाममा रहेको श्री रामजानकी बालिका आश्रमले आयोजना गरेको संस्थाको वर्तमान अवस्थाबारे जानकारी तथा तिउरी संस्कारबारे परिचर्चा कार्यक्रमलाई सम्बोधन गर्दै सांसद वाग्लेले परिवारबाट विविध कारणले विछडिएका असहाय बालबालिकाको संरक्षणसंगै पूर्विय दर्शनको मूलय मान्यता जीवित राख्न गरीएको पहल प्रसंशनिय रहेको बताइन् । गुरुकुल शिक्षाले लैंिगक विभेद नगरेपनि समाजले गरेको विभेद चिर्न लोककल्याण्कारी प्रतिष्ठानले सुरु गरेको अभियानलाई सहयोग गर्न आफु सकारात्मक रहेको उनको भनाई छ ।

देवघाटधाममा कन्या गुरुकुलको रुपमा स्थापित भई बालिकाहरुको गुरुकुलीय शिक्षामा विशेष पहल गरेको संस्था देवघाटधामका लागि गौरवको विषय बनेको समेत उनले दावी गरीन् । सो अवसरमा सांसद वाग्लेले आश्रमका बालिकाहरुलाई सगुन समेत प्रदान गरीन् ।कार्यक्रममा भरतपुर महानगर नगरकार्यपालिका सदस्य पवित्रा केसीले बालिकाहरुको संरक्षण र शिक्षामा आश्रमले खेलेको भूमिका महत्वपूर्ण रहेको बताइन् ।सो अवसरमा नेपालकै कान्छी भागवत वाचक उमा महेश्वरलिे आश्रमको अवस्थाबारे जानकारी गराउंदै आश्रित बालिकाहरुले गुरुकुलीय शिक्षा संगै वर्तमान प्रतिष्पर्धात्मक समयमा आवश्यक आधुनिक शिक्षा समेत ग्रहण गरीएको जानकारी दिइन् । साउनको महिनालाई स्वागत गर्न असार मसान्तका दिन लगाइने तिउरीको समेत आफ्नै महत्व रहेको र आश्रमका बालिकाहरुलाई पनि सबैले मेहेन्दीले हात सिंगारेको देख्दा लगाउने मन गरेपनि कार्यक्रमको अवधारणा बनेको उनले प्रष्ट्याइन् ।कार्यक्रममा पत्रकार महासंघ चितवनका कार्यसमिती सदस्य प्रमिता ढकालले आर्यूवेदिय महत्व बोकेको तिउरी लगाउने प्रचलन संरक्षणका लागि पनि कार्यक्रम प्रभावकारी भएको बताइन् ।कृषिमा आधुनिकीकरणको कुरा गर्दै गर्दा व्यवसायीक रुप लिन सक्ने यस्ता उत्पादनतर्फ भने नेपाली कृषकको ध्यान जान नसकेको उनको टिप्पणी छ् ।आश्रमका सञ्चालक सावित्री टण्डनको अध्यक्षतामा भएको कार्यक्रममा, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य सृजना अर्याल फेन्सी व्यवसायी संघ चितवनकी तृतिय उपाध्यक्ष सुलोचना श्रेष्ठ, काया व्यूटी सलुन एण्ड एकेडमीका सञ्चालक सीता सापकोटा, पुलचोक वचत तथा ऋण सहकारी संस्था लिमिटेडका गीतादेवी पौडेल,इम्पल्स एजुकेशन कन्सल्टेन्सीका सहप्रबन्धक गोविन्द लामिछाने लगायतको उपस्थिती थियो । काया व्यूटी सलुन एण्ड एकेडमीका प्रशिक्षार्थीहरुले बालीकाहरुको हातमा मेहेन्दी लगाएका थिए ।
सो अवसरमा प्रतिष्ठानले आश्रम सञ्चालनका लागि विविध सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान समेत गरेको छ । स्थापनाको सातौं वर्ष प्रवेश गरेको आश्रममा हाल ४२ जना बालिका आश्रित छन् । आश्रममा यस वर्षदेखि श्रीराम जानकी कन्या गुरुकुल आधिकारीकता लीएर सञ्चालन गरेको आश्रम महासचिव रामेश्वर खनालले सञ्चालन गरेको जानकारी दिए । गुरुकुल सञ्चालनका लागि पठनपाठनका लागि कक्षाहरु निमार्ण गर्न आवश्यक रहेको भन्दै सहयोगलागि आग्रह समेत गरेका छन् ।

 

प्रतिकृया दिनुहोस