ज्ञानकुमारी स्मृतिमा श्रद्धान्जली सभा सम्पन्न ,
शारदानगर ,२३,भदौ । राष्ट्रिय सहकारी बैंक लिमिटेडका लेखा समिति संयोजक तारा गुरुङको सासुआमा ज्ञानकुमारी गुरुङ दिवंगत हुनुभएको छैटौं पुण्यतिथीका दिन आज उहाँको निवास भरतपुर १९ शारदानगरमा श्रद्धान्जली सभा आयोजना गरिएको छ ।
राष्ट्रिय सहकारी बैंकको आयोजनामा आज मंगलवार भएको श्रद्धान्जली सभामा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेती, सञ्चालकहरु परितोष पौडेल र विष्णु बराल, सञ्चालक कमला गिरी, लेखा समिति सदस्य युवराज पोखरेल, पूर्व लेखा समिति सदस्य मित्रराज दवाडी, बैंकका प्रमुख कार्यकारी अधिकृत (बद्रीकुमार गुरागाईं, डिसिओ प्रकाशकुमार अधिकारी लगायत सहकारी क्षेत्रका अभियन्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले शोक मन्तव्य व्यक्त गर्दै स्वर्गीय ज्ञानकुमारी गुरुङप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो।
उहाँले शोकको यस घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुभयो। अध्यक्ष उप्रेतीले बैंकको तर्फबाट शोकसन्तप्त परिवारलाई समवेदना पत्र समेत हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा सहभागी सहकारी अभियन्ताहरूले स्वर्गीय ज्ञानकुमारी गुरुङको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्नु भएको थियो। उहाँको यही भाद्र १८ गते आफ्नै निवास भरतपुर १९ मा ९४ वर्षको उमेरमा निधन भएको हो। उहाँको दुई छोरा ,वुहारी र दुई छोरी ,ज्वाई रहनुभएको छ । उहाँको श्रीमान धनबहादुर गुरुङको भने यसअघि नै निधन भइसकेको थियो।









प्रतिकृया दिनुहोस