महिला शशक्तिकरणको पर्व तीज

भदौ २३ नारायणगढ

नारायणगढको लाइन्सचोकमा रहेको श्री सिद्धि विनायनक वचत तथा ऋण सहकारी सस्थाले तीज विशेष कार्यक्रम सम्पन्न गरेकोे छ शनिवार नारायगढमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथी भरतपुर महानगरपालीकाको उपप्रमुख पार्वतीशाह ठकुरी रहनु भएको थियो । कार्यक्रममा उपप्रमुख ठकुरीले संघसस्थाको आयोजना भएको तीज कार्यक्रमले महिला शशक्तीकरणमा टेवा पुगेको बताउनु भयो । वर्तमानमा महिला हिसांका घटना बढिरहेको भन्दै प्रमुख अतिथी ठकुरीले महिला हिसां न्युनिकरणमा सबैको पहल आवश्यक रहेको औल्याउनु भयो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान , सिद्धी विनायक वचत तथा सहकारीका निर्वतमान अध्यक्ष शालिकराम घिमीरे, फलफुल तथा तरकारी थोक व्यवसाय संघका अध्यक्ष तथा सहकारीका उपाध्यक्ष थिर प्रसाद धिताल , सहकारीका अध्यक्ष पुरुषोतम गौतम , लेखा समिति संयोजक दीपक कुमार उपे्रती, लगायतले सुभकामना मन्त्वय दिनु भएको थियो ।कार्यक्रम संयोजक इन्दिरा पन्त लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रम सञ्चालक समिती सदस्य भगवती पान्डेले स्वागत मन्त्वय दिनु भएको थियो । २०६५ सालमा स्थापना भएको सो सहकारीमा ९०४ सेयर सदस्य मध्ये ४९२ महिला सदस्य रहेका छन् ।

प्रतिकृया दिनुहोस