त्रिचोकको दुर्गा मन्दिरमा श्रीमद्ेवीभागवत नवाह

चितवन , असोज ३०
भरतपुर ४ त्रिचोकमा रहेको दुर्गा भगवती मन्दिरमा यस वर्ष पनि श्रीमद्देवी भागवत नवाह महायज्ञ लगाइएको छ । घटस्थापना देखि शुरु भएको महायज्ञको वाचक रामजानकी बालीका आश्रम देवघाटधाममाकी जेठी छोरी उमामहेश्वरी (स्मृति )टन्डनले बाचन प्रमुख वाचक रहनु भएको भन उपवाचक पन्डित प्रदिप लम्साल रहनु भएको छ । अर्थ संकलन भन्दा पनि शठक्ती पिठको उपशासनाको महत्व जनजन्मा पुराउने उदेश्यले नवाह महायज्ञ लगाइएको मन्दिर समितिका अध्यक्ष प्रेम प्रसाद कण्डेलले बताउनु भयो । उहाँका अनुसार विगत ८ वर्ष देखि दशैका अवसरमा देवीभागवत लगाइदै आएको छ । २०६७ सालमा स्थापना भएको सो मन्दिरमा विभिन्न चाडपर्वहरुमा कार्यक्रम आयोजना गर्ने अध्यक्ष कण्डेलले जानकारी दिनुभयो । महायज्ञकी प्रमुख वाचक उमामहेश्वरीले नवरात्रमा यज्ञ लगायतका शुभ कार्यगर्ने महत्व रहेको भन्दै शक्तीको आराधनाले मानव जीवन सार्थक बनाउन सकिने बताउनु भयो , ।

प्रतिकृया दिनुहोस