सकियो वागिश्वरी कोटिहोम ःसमापनमा पुगे मोरगं सगै चितवनका सिडियो सहित सुरक्षा निकायका प्रमुखहरु
देवघाटधाम चितवन ः चितवनको वागिश्वरीधाममा लागेको कोटिहोमको आईतवार समापन गरिएको छ । समापनका क्रममा संविधानसभा सदस्य गीता वाग्ले ,मोरगं जिल्लाका प्रमुख जिल्ला अधिकारी , चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरु,कोटिहोम आयोजकहरु सहित यज्ञ पुर्णाहुती कर्ताहरुले सामुहिक रुपमा पुर्णाहुती हवन गरी समापन गरिएको छ । समापन कै क्रममा आईतवार विहान शिवसेनाका अध्यक्ष अनिल वस्नेत –अनिल वावा) सहित शिवसेनाका टिमले पनि कोटिहोम दर्शन गर्नुभएको छ । पूर्वराज परिवारका सदस्य सहितले दर्शन तथा पुजा अर्चनामा सरिक हुनुभएको यस कोटिहोम मुख्य मन्त्री सििहत सांसदहरु , सहित सामाजिक अभियन्ताहरुले पनि दर्शन गर्नुभएको थियो ।
योगी नरहरिनाथको संकल्पमा नाथ परम्परा अनुसार महायज्ञ गरिएको हो । महायज्ञमा गोरखनाथको बिजमन्त्रद्धारा सवा करोड पटक हवन गर्नुका साथै सहस्र चण्डी लगायतका विभिन्न यज्ञहरु पनि भए । महायज्ञको पुरै अवधि नै ज्योतिष पण्डित परशुराम पाण्डेयले कथावाचन गरे । महायज्ञको मुलकर्ता प्रमेनीधि भारद्धाज हुन् ।

भारद्धाजले महायज्ञलाई ‘सात्विक महायज्ञ’ बनाए । कुनै भक्तजन, संस्था वा समूहसँग रकम किटान गरेर आर्थिक सहयोग लिन इन्कार गरे । भक्तजनले स्वस्फुर्त रुपमा हवन सामाग्री, खाद्यान्न, तरकारी तथा फलफुल र आर्थिक सहयोग गरे । राष्ट्र शान्ति, राष्ट्रको कल्याण, विश्व शान्ति र विश्वको कल्याणका लागि महायज्ञ आयोजना गरिएको हो ।
यसअघि वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रम र सनातन सांस्कृतिक सम्पदा संरक्षण संघको संयुक्त आयोजनामा महायज्ञ गरिएको बताइएको थियो ।
महायज्ञका संयोजक समेत रहेका भारद्वाजले योगी नरहरिनाथले २३ वर्षअगाडि गरेको संकल्पअनुसार महायज्ञ गरिएको बताए । योगी नरहरिनाथले आफ्नो जीवनकालमा १२९ वटा महायज्ञ सम्पन्न गरेका थिए । १३०औँ महायज्ञ गर्ने उनको संकल्प थियो तर त्यो पूरा हुन पाएको थिएन । अन्ततः योगी नरहरिनाथको संकल्प पुरा भएको छ ।
महायज्ञबाट संकलन भएको रकम र महायज्ञ सञ्चालन गर्दा लागेको खर्चको विस्तृत विवरण केहि दिनमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने भारद्धाजले जानकारी दिए ।
महायज्ञमा ब्राह्मणहरूबाट निरन्तर हवन, तर्पण र मार्जन लगायतका अनुष्ठान, अतिरुद्री, सहस्रचण्डी, ब्रह्म गायत्री मन्त्रद्वारा लक्षहवन, श्रीशिवमहापुराण, श्रीमद्भागवत महापुराण लगायतका महापुराणहरू पाठ गरिए ।

पुरुषोत्तम महात्म्य प्रवचन, हिमवत् खण्ड, शिखरिणी यात्रा लगायतका धार्मिक ग्रन्थहरूको पाठपरायण र गौकथा प्रवचन भयो भने पाँचसरे करिब पाँच करोड दीप प्रज्वलन पनि गरिएको थियो ।

प्रतिकृया दिनुहोस