प्रयागराजका महन्त बलवीर ले गरे नेपालको ढोरबाराही मन्दिरको दर्शन

प्रयागराजका महन्त बलवीर ले गरे नेपालको  ढोरबाराही मन्दिरको दर्शन

शुक्लागण्डकी ,तनहुँ । भारतको प्रयागराजस्थित श्री १०८ बाघम्बरी पीठाधीश्वर तथा प्रसिद्ध बड़े हनुमान मन्दिरका महन्त बलवीर गिरिजी महाराज तथा हरि दायालपुरी माहाराजले तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल ढोरबाराही मन्दिरको दर्शन तथा अवलोकन गरेका छन्।
मन्दिर दर्शनका क्रममा महन्त गिरिजी महाराजले ढोरबाराही मन्दिरको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्वबारे जानकारी लिएका थिए।
सो अवसरमा शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितको समेत उपस्थिति रहेको थियो।
धार्मिक तथा आध्यात्मिक दृष्टिले महत्त्वपूर्ण मानिने ढोरबाराही मन्दिरमा भारतबाट आएका धार्मिक गुरुको आगमनले यस क्षेत्रको धार्मिक पहिचान र महत्त्वलाई थप उजागर गरेको छ।


प्रतिकृया दिनुहोस

Copyright © 2026, omkarkhabar.com, All Right Reserved