तिरुपति बालाजी मन्दिरमा एकै भक्तद्वारा इतिहासमै सबैभन्दा बढी १२१ किलो सुन दान

धर्म प्रती मानिसको कति लगाव हुन्छ भन्ने यो घटनाले पुष्टि गर्छ ।
१२१ किलो सुनको मूल्य २०७ करोड ६० लाख भारु रहेको छ । भारतको आन्ध्र प्रदेशस्थित प्रसिद्ध तिरुमला तिरुपति बालाजी मन्दिरमा चेन्नईका उद्योगपति वर्धमान जैन र उनकी पत्नी राधिका जैनले १२१ किलो सुनका गरगहना दान गरेका छन्।
तिरुमला तिरुपति देवस्थानम् (TTD) का अनुसार उक्त सुनको मूल्य निर्माण खर्चसहित २०७ करोड ६० लाख भारतीय रुपैयाँ रहेको छ।
आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडुको उपस्थितिमा बिहीबार मन्दिरलाई हस्तान्तरण गरिएको उक्त दानमा ४६ थान सुनका गरगहना समावेश छन्।
दान गरिएको सुनमध्ये १०६ किलो भगवान् श्री वेंकटेश्वरका लागि गरगहना बनाउन र बाँकी १५ किलो तिरुमाला स्थित माता पद्मावतीका लागि सुनको वस्त्र तयार गर्न प्रयोग गरिनेछ।
दान गरिएका गरगहनामा २३८.२ क्यारेट हिरा तथा अन्य बहुमूल्य रत्नसमेत जडान गरिएको छ।
मन्दिर प्रशासनका अनुसार यो तिरुमलामा कुनै एक भक्तबाट प्राप्त भएको अहिलेसम्मकै ठूलो व्यक्तिगत दान हो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तिरुपति बालाजी मन्दिरमा एकै भक्तद्वारा इतिहासमै सबैभन्दा बढी १२१ किलो सुन दान

धर्म प्रती मानिसको कति लगाव हुन्छ भन्ने यो घटनाले पुष्टि गर्छ ।१२१ किलो सुनको मूल्य २०७ करोड ६० ल...

Copyright © 2026, omkarkhabar.com, All Right Reserved