बाढीबाट करिब १७ हजार बालबालिका प्रभावित, सयौं बेपत्ता : १८ विद्यालय ध्वस्त

काठमाडौं : भदौ १० गते रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै सयौं बालबालिकाको जीवन प्रभावित बनाएको छ ।
प्रारम्भिक अनुमानअनुसार बाढीबाट करिब १७ हजार बालबालिका प्रभावित भएका छन । हालसम्म बाढी तथा त्यसपछिका घटनामा अनुमानित ७८८ जनाको मृत्यु भइसकेको छ ।

मृतकमध्ये कम्तीमा १४ जना भन्दा बढी बालबालिका छन् भने सयौं अझै बेपत्ता छन् । खोज तथा उद्धार कार्य जारी रहेकाले मृतक र प्रभावितको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।



बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था युनिसेफका अनुसार बाढी प्रभावित क्षेत्रमा बालबालिकाले छोटो समयमै आफ्नै आँखा अगाडि घर, परिवार, विद्यालय र समुदाय बगाएको देखेका छन् । यसले उनीहरूको शारीरिक सुरक्षासँगै मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पारेको छ ।

प्रतिकृया दिनुहोस