चितवनमा ३ वर्षपछि ‘सातौँ राष्ट्रिय लाखेनाच प्रतियोगिता’,हुदै ६० जिल्लाका सहभागी हुने अपेक्षा
भरतपुर ,२४ भदौ। कोरोना महामारीका कारण केही वर्षदेखि अवरुद्ध भएको राष्ट्रिय लाखेनाच प्रतियोगिता अब पुनः सञ्चालन हुने भएको छ। लोक संस्कृती संरक्षण तथा लाखेनाच प्रतिष्ठान नेपालले आगामी २०८३ असोज ८, ९ र १० गते चितवनको नारायणगढमा ‘सातौँ राष्ट्रिय लाखेनाच प्रतियोगिता’ गर्ने घोषणा गरेको छ।
प्रतिष्ठानले शनिवार भरतपुरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो। प्रतिष्ठानका अनुसार हरेक २ वर्षमा हुने यो राष्ट्रिय प्रतियोगिता कोरोनाको प्रभावका कारण रोकिएको थियो। अब अवस्था सामान्य हुँदै गएपछि फेरि सुरु गर्न लागिएको हो।
प्रतियोगिताको पहिलो दिन अर्थात असोज ८ गते बिहान लाखेको भेषमा झाँकी प्रदर्शनसहित नगर परिक्रमा गरिनेछ। सोही दिन दिउँसो २:३० बजेबाट औपचारिक प्रतियोगिता सुरु हुनेछ।
आयोजकका अनुसार यसपटक कम्तीमा ५० देखि ६० जिल्लाबाट लाखे समुहहरुको सहभागिता रहने अनुमान गरिएको छ। प्रतियोगिहरुको लागि बास र खानाको व्यवस्था आयोजकले नै निशुल्क गर्ने छ। तर एक समुहमा अधिकतम १५ जनाको लागि मात्र यो सुविधा उपलब्ध हुनेछ। सहभागी हुन प्रत्येक समुहले रु. २,५० दर्ता शुल्क बुझाउनु पर्नेछ।
प्रतियोगितामा प्रथम हुने समुहलाई नगद रु. ७५,०००, द्वितियलाई रु. ५०,० र तृतियलाई रु. २५,००० प्रदान गरिनेछ। यसका साथै ३ वटा समुहलाई सान्त्वना स्वरुप जनही रु. १०,० पुरस्कार दिइने आयोजकले जनाएको छ।
लाखेनाच नेवार समुदायको मौलिक संस्कृति हो। यसलाई "आजु" अर्थात पुर्खा वा संरक्षक देवताको रुपमा मान्ने गरिन्छ। समुदायलाई दुष्टशक्ति र रोगबाट जोगाउने विश्वासका साथ लाखेलाई पूजा गरिन्छ।
प्रचलित कथा अनुसार पहिले राक्षसको रुपमा रहेको लाखेले पछि मानिसलाई नदुखाउने सर्तमा नगर परिक्रमा गर्न थालेको र त्यही परम्परा निरन्तर चलेको हो। रातो अनुहार, ठूलो आँखा, लामो जटा र घुंघुरुसहितको पोशाक र साथमा ख्यालीचा अर्थात जोकर हुने भएकाले यो नाच पर्यटकको लागि पनि आकर्षणको केन्द्र बन्ने गरेको छ।
काठमाडौंको मजिपा लाखे बाहेक पाटन, भक्तपुर, पोखरा, बाग्लुङ, दोलखा, नारायणगढ लगायतका ठाउँमा आ-आफ्नै शैलीका लाखेनाच प्रचलित छन्।
प्रतिष्ठानले यो प्रतियोगितामार्फत नेपालको मौलिक संस्कृतिको संरक्षण, पुस्तान्तरण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रतिकृया दिनुहोस