राष्ट्रपति भण्डारी र पूर्व राजाद्धारा विभिन्न शक्तिपीठको दर्शन

काठमाडौं । दसैं अन्तर्गत महाअष्टमी पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न शक्तिपीठको दर्शन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले  बुधवार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवीमन्दिरहरूमा पूजाअर्चना नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकाली, संकटा र नरदेवी मन्दिर पुग्नुभई दर्शन र टीका–प्रसाद ग्रहण गर्नुभएको हो ।

असअघि विहान काभ्रेको पलाञ्चोक भगवती मन्दिर पुग्नुभएकी राष्ट्रपति भण्डारीले त्यहाँ पन्ध्र करिब मिनेट पूजा–अर्चना गर्नुभएको थियो । राष्ट्रपति भण्डारी समक्ष मन्दिर व्यवस्थापन समितिले मन्दिर संरक्षणका लागि पहल गरिदिन आग्रह गरेको थियो ।

हरेक दसैंमा राष्ट्राध्यक्षले विभिन्न शक्तिपीठको दर्शन र पूजा–अर्चना गर्ने परम्परा छ । यसैगरी, पूर्वराजा ज्ञानेन्द्र शाहले पनि नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकाली, संकटा र नरदेवी मन्दिर पुगी दर्शन र पूजा–अर्चना गर्नुभएको छ ।

यसैगरि , 

 महाअष्टमीमा पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवीमन्दिरमा पूजाअर्चना  गर्रनुभएको थियो ।

बुधबार ज्ञानेन्द्रले नक्साल भगती, शोभा भगवती, विजेश्वरी, नरदेवी, इन्द्रायणी सङ्कटा भगवतीमा पुगेर पूजा हो  ।

शक्तिपिठमा राष्ट्रपति अघिअघि र पूर्वराजा पछिपछि जस्तै गरी पुग्नुभएको थियो ।

प्रतिकृया दिनुहोस