छैठौं दिनमा आठ करोड बढी रकम संकलन

चितवन,मंसिर २८-

 

भरतपुरको धार्मिक तथा एतिहाँसिक क्षेत्र गणेशस्थानलाई गणेशधाम निर्माणका लागि आयोजना गरिएको धनधान्यचल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव २०७५ मा आज छैठौ दिन २ करोड ५२ लाख १० हजार रुपैंया आर्थिक संकलन भएको छ । आजसम्म करिब साढे ८ करोड आर्थिक संकलन भैसकेको महायज्ञ आयोजक मुल समारोह समितिका अध्यक्ष दिनेश कुमार चुकेले जानकारी दिए ।

 

महायज्ञको छैठौं दिनमा चितवन रोटरी क्लबले सबैभन्दा धेरै एक करोड रुपैंंया दान गरको छ । यस्तै उद्यमी तथा समाजसेवी गौरिश्वर सापकोटाले १५ लाख ५५ हजार ५ सय ५५ रुपैंया,निरन्जन रेग्मिले १५ लाख र उद्योग बाणिज्य संघ चितवनको तर्फबाट १५ लाख रुपैंया दान गरिएको छ । चितवन क्षेत्र नम्वर २ का सांसद कृष्णभक्त पोखरेलले सांसद विकास कोषबाट १२ लाख ११ हजार १ सय ११ रुपैंया सहयोगको गरेका छन् ।नारायणी अनलाईनवाट

प्रतिकृया दिनुहोस