" हिन्दुराज्य " वेद ,पुराण त्रिपिटिका ,मुन्धुम भित्र खोजेर पाइने वस्तु होइन

अत: हिन्दुराज्य बिसुद्ध पुर्व पश्चिमको सभ्यताको लडाइँ हो यो लडाइँ धर्म शास्त्र भित्र बाट बुझिन्न ! बुझिने भए हिन्दुराज्य कायम राख्न चाइनाको कुटनितिज्ञ हरुको लविङ

मैले हिन्दुराज्यको कुरा गर्दा मेरो स्वजातिय धेरै विद्वानहरु त्रिपिटिका पल्टाउदै प्रश्न तेर्साउन आउँछ ! तपाईं बौद्ध भएर किन हिन्दुराज्य ? हामी बुद्धिस्ट होइन र ? हिन्दु भित्र बुद्धिस्ट लाई किन हाल्यो ?
यो हिन्दुराज्य खोज्न कुनै वेद पुराण त्रिपिटिका मुन्धुम भित्र खोजेर पाइने वस्तु होइन मित्रहरू ! यो त राजनिती शास्त्र भित्र खोज्नुस, अन्तर्राष्ट्रिय कुटनिती भित्रको रणनीतिक चलखेलमा खोज्नुस बल्ल त्यहाँ छेउटुप्पो भेटिन्छ ! दक्षिण एशियाली देशमा पश्चिमी दीर्घकालीन रणनीतिक परियोजना भित्र खोज्नुस त्यसपछि फेला पार्छ हिन्दुराज्यको महत्त्व !! 
झन्डै सवा तीन अरब जनसंख्या भएको बिश्वको दुई ठुलो शक्ति राष्ट्रको बिचमा बसेको समवेदनशील चीनको तिब्बत संग सिमा जोडिएको भूभागमा स्थाई क्याम्प " इसाई धर्म" खडा गर्न आजभन्दा १५ बर्ष अगाडि बुढानिलकण्ठमा गोप्य रूपमा आयोजित अन्तर्राष्ट्रिय इसाई सम्मेलनले लिएको लक्ष्य एकपटक पढ्नु खोजीखोजी ! संविधान जारी गर्ने संबेदनसिल घडीमा बेलायती दूतावासले सार्वजनिक रूपमा दिएको दबाब देखि युरोपेली प्रतिनिधिले खुलेयाम गरेको लविङ सम्म एकपटक स्मरण गरौं ! अमेरिकी गुप्तचर संस्था CIA को नेपाल प्रतिनिधि जोनेथन न्याउसले खुलासा गरेको आत्माकथा देखि जुलिएन असान्जेले गरेको नेपाल स्थित अमेरिकी दूतावासको गोप्य पत्र लिक गराएको भित्र पनि खोज्नु ! भारत को अनुसन्धानवेत्ता राजीव माल्होत्राको पुस्तक ब्रेकिङ इन्डिया नामक पुस्तक भित्र पनि खोज्नु किन हिन्दुराज्य हटायो कसरी हटायो के का लागि हटायो भनेर ! हिन्दुराज्य हटाउन यहाँको सत्ताधारी बाहुनहरु मात्रै होइन अघिल्लो रात सम्म हिन्दुराज्य भन्दै उफ्रने पनि रातारात हानथाप गर्दै धर्म निरपेक्षमा किन हस्ताक्षर गर्न पुगे होलान् भनेर ! हो त्यहाँ भेटिन्छ ! त्यसपछि बल्ल थाहा हुन्छ हिन्दुराज्य हटाएपछिको युग लाई किन इसाईले आफ्नो स्वर्ण युग भनेको रहेछ भनेर ! 
त्यो स्वर्ण युग ल्याउन रत्नपार्क तिर उफ्रिनु चाहिं बौद्ध समुदाय लाई अगाडि अगाडि सारेको मात्रै हो, त्यो पनि एउटा नमूना देखाउन मात्रै कमसेकम मागेर ल्याएको त्यसै पाएको होइन भन्नका खातिर मात्रै हो चाँजोपाँजो उनैले सेटिङ गरिसकेको थियो !
अत: हिन्दुराज्य बिसुद्ध पुर्व पश्चिमको सभ्यताको लडाइँ हो यो लडाइँ धर्म शास्त्र भित्र बाट बुझिन्न ! बुझिने भए हिन्दुराज्य कायम राख्न चाइनाको कुटनितिज्ञ हरुको लविङ त्यसै भएको थिएन होला अझै आगामी दिनमा चाइनाको भूमिका ओपन आउने सम्भावना बढ्दै छ ! घुमाउरो रूपमा त सिमावर्ती पहाडी इलाकामा क्रीस्चियनकरणले चीनको सुरक्षा चुनौती थपेको भन्नु हिन्दुराज्यकै प्रकट कुरा हुन यसको अर्थ चाइनिज सरकार हिन्दुवादी बन्नु होइन, त्यति मात्रै होइन कयौं मुस्लिम बुद्धिजीवीले हिन्दुराज्यको कुरा गर्दै आएको छ यसको अर्थ ऊनीहरु हिन्दु हुनु होइन उनलेे मध्य एशियाली देशको भूराजनीतिक संबेदनसिलता बुझेर हिन्दुराज्य कुरा उठाएको हुन न की कुरान वेद त्रिपिटक पढेर !
त्यसैले हिन्दुराज्य भित्रको "गुदि" कुरा राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक लडाइँ हो यसलाई बुझ्न गुम्बामा मन्दिरमा मस्जिदमा वेद पुराण त्रिपिटक पढेर होइन, बुझ्ने सारै इच्छुक हुनेले परराष्ट्र निति पढाउने कुनै बिश्वबिद्धालय तिर जानु उत्तम हुने छ त्यहाँ गएर क पुरी क बाट सुरु गर्नु होला।लेखक ः नेपालका हिन्दु राज्यको अभियन्ता हुनुहुन्छ 

प्रतिकृया दिनुहोस