लण्डनको विद्यालयमा संस्कृत भाषाको पढाई

अचेल नेपालमा नेपाली भाषानै बिर्सने र अंग्रेजीमय विद्याको अवस्था आइरहेको बेला (संस्कृतको त कुरै छोडौं) विदेशमा भने संस्कृतको मान्यता बढ्दै गैरहेको संचार एवं संजाल माध्यमहरुमा आइरहेका छन् र यो सत्य पनि हो । नेपालमा (संस्कृत विद्यालय बाहेक) यदाकदा नेपाली तथा अंग्रेजी शिक्षकहरुले संस्कृतको अभाव र संस्कृतको अनिवार्यतालाई बुझे पनि त्यति जागरुक रुपमा संस्कृतमा झुकेका छैनन् ।
 
नेपालमा संस्कृत भाषालाई विद्यालयहरुमा अनिवार्यता नदिएपनि विदेशमा भने यसको महत्वलाई आत्मसात् गरेको पाईएको हो । संस्कृत भाषाबाट बोलीको उच्चारण क्षमताका साथ साथै मस्तिष्कको विकाशमा पर्ने सकारात्मक प्रभाव लाई नै बुझेर अहिले पश्चिमी देशहरुमा संस्कृत भाषाको पठन पाठन भैरहेको हामीले समाचारहरु अचेल पाइरहेका छौं । विश्वको सम्पूर्ण भाषाहरुमा सर्वश्रेष्ठ, सनातन एवं भाषाहरुको जननी नै संस्कृत भाषा हो । त्यसैले पनि पश्चिमाहरू यसप्रति लगाव राख्नमा उत्प्रेरित भैरहेका छन् । तर संस्कृत भाषाको भूमिमा भने यसलाई लगभग वि.सं. २०५६ साल आसपास होला विद्यालयमा पनि पढाउन मनाही गराइयो । त्यो बेला सम्म विद्यालयमा एउटा बिषय अनिवार्य संस्कृतको  थियो ।https://youtu.be/F4kdjHFBvd4
आर्यकेशको ब्लगबाट

प्रतिकृया दिनुहोस