संस्कृत पढाउँदै अंग्रेजी बाजे

नेपालीलाई नै संस्कृत भाषा पढ्नु र बोल्नुपर्दा चिटचिट पसिना आउँछ, ओठ र जिब्रो लर्बराउँछ । विभिन्न अवसरमा पुरोहितसँग कसै-कसैले मुखमात्र चलाउँछन् । तर, सुटबुट र टाइमा चिटिक्क सजिएका एक अंग्रेजी बाजे मजाले संस्कृत भाषा पढाउँछन् । बेलायतका ५९ वर्षे नोरमन एडवार्ड डँले देवनागरी लिपिमा संस्कृतका कठिन श्लोक र मन्त्र पढ्ने मात्र होइन, चिटिक्क पारेर लेख्छन् पनि । 'सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु नीरामयाः (सबै सुखी होऊन्, सबै रोगमुक्त रहुन्)' जस्ता श्लोकलाई उनी अंग्रेजीमा मजाले अनुवाद र व्याख्या गर्छन् ।
 
 
'संस्कृत एक पूर्ण भाषा हो, अंग्रेजीचाहिँ होइन,' उनी भन्छन्, 'विश्वका अन्य भाषासँग यसको तुलना हुन सक्दैन ।' उनी संस्कृतलाई उत्कृष्ट प्राचीन भाषा मान्छन्, जसलाई भर्खरका बालबालिकादेखि वृद्धवृद्धासम्मले सरल तरिकाले अध्ययन गर्न सक्छन् । करिब ३५ वर्षदेखि संस्कृत विषय पढाइ भइरहेको बेलायतको सेन्ट जेम्स स्कुलका उनी वरिष्ठ सदस्य हुन् । उनको स्कुलमा १० जना बेलायतकै संस्कृत शिक्षक छन् । उनी आफ्नो स्कुलबाहेक बेलायत र संसारभरका 'स्कुल अफ फिलोसफी' (दर्शनशास्त्र पढाई हुने विद्यालय) मा संस्कृत भाषाको प्रवर्द्धनमा जुटेका छन् ।
 
नोरमनले सन् २००८ मा क्याम्बि्रज विश्वविद्यालयको अन्तर्राष्ट्रिय परीक्षामा संस्कृत विषयमा औपचारिक अध्ययन पनि पूरा गरेका छन् । उनी संस्कृत व्याकरणको सरलता र जटिलताबारे विद्यार्थीलाई कसरी पढाउने भन्नेबारे पुस्तक र ब्रोसर निकाल्छन् । उनको स्कुलले 'संस्कृत एट सेन्ट जेम्स' च्यारिटीमार्फत यसको जाँच, छात्रवृत्ति, ब्रोसर र पुस्तक प्रकाशनमा लाग्ने खर्चसमेत बेहोर्छ । उनी अहिले नेपालमा क्याम्बि्रज लेभलमा संस्कृत विषयको पठनपाठन सुरु गराउन आएका छन् ।ई कान्तीपुरबाट
 
जेम्स स्कुलको प्रतिनिधि र दर्शनशास्त्र विद्यालयका वरिष्ठ सदस्यका हैसियतमा यसका लागि बि्रटिस काउन्सिल, शिक्षा मन्त्रालय र शिक्षा विभागका पदाधिकारीसँगको भेटघाट सकेर शनिबार बिहान स्वदेश र्फकंदै छन् । 'उनीहरूले त यस प्रस्तावको तत्काल स्वागत गरे, अब हाम्रातर्फबाट मात्र केही काम बाँकी छ,' उनले भने, 'मभन्दा बढी नेपाली अधिकारीहरू खुसी र सकारात्मक भएको पाएँ ।'
 
नोरमनले चाँडै संस्कृत विषय पढाइ हुने नेपालका केही मुख्य विद्यालयबाट इन्टरनेसनल जनरल सर्टिफिकेट अफ सेकेन्डरी एजुकेसन -आईजीसीएसई) र 'ए' लेभलको पढाइ सुरु हुने आशा व्यक्त गरे । उनले यसका लागि नेपाललाई छान्नुको रोचक अनुभव पनि सुनाए । अक्सफोर्ड विश्वविद्यालयमा अध्ययनरत उनका छोरा म्याट डँ डिग्री पूरा गर्न स्वयंसेवकका रूपमा अंग्रेजी पढाउन ललितपुरको बालकुमारीस्थित हिन्दु विद्यापीठ आएका थिए । उक्त विद्यालयमा शिक्षक आदानप्रदान कार्यक्रमअन्तर्गत अंग्रेजी विषय अध्यापन गराउन नियमित रूपमा क्याम्बि्रज र अक्सफोर्डका विद्यार्थी आउँछन् । म्याटले यहाँका विद्यालयमा संस्कृत पढाइ हुने गरेको र मैत्रीपूर्ण घरायसी वातावरण भएको बताएपछि नोरमन पनि सन् २००५ मा पहिलोपटक पत्नीसँग काठमाडौं आएका थिए । त्यसक्रममा उनीहरू नेपालका सुन्दर र रमणीय ठाउँहरू पुगे, जसबाट असाध्यै प्रभावित भए । 'छोराले भनेजस्तै यो त गजबको सुन्दर मुलुक रहेछ,' उनले भने, 'त्यसपछि मलाई यहाँका बालबालिकाका लागि केही गर्ने सोच आयो ।' उनी यसपटक सोही लक्ष्यसाथ ७ दिने भ्रमणमा नेपाल आएका हुन् । नेपालबाटै क्याम्बि्रजस्तरको जाँच गराउँदा लाग्ने सबै खर्च आफ्नो च्यारिटीले बेहोर्ने उनले बताए । 'संस्कृत यस्तो विषय हो, जसले र जुन उमेरमा पनि पढ्न सक्छन्,' उनले भने, 'यस डिग्रीका लागि संस्कृतको एक पेपरको मात्र जाँच दिए पुग्छ ।'
 
आफ्नो प्रयासमा उक्त विद्यापीठका प्राचार्य चिन्तामणि योगीको पूरा सहयोग रहेको उनले बताए । 'एउटा बेलायतीको संस्कृतप्रतिको लगावले मलाई पनि तान्यो र काँध थापिदिएँ,' योगी भन्छन् । बेलायतको दक्षिण-पश्चिम डेभनको बि्रकसममा जन्मेका र हाल राजधानी लन्डननजिक गिल्डफोर्डमा बस्दै आएका उनी अधिवक्ता लियोन म्याकलरेनको प्रेरणाले संस्कृतबाट प्रभावित भएका हुन् । 'म्याकलरेनले भारत भ्रमणका क्रममा जगतगुरु शंकराचार्यलाई भेटी संस्कृतबारे धेरै ज्ञान पाएका रहेछन्,' नोरमनले भने, 'उनले त सन् १९६० मै संस्कृतको कक्षा र औपचारिक शिक्षा लिएका थिए ।'
 
सन् १९८५ मा उनीसँग भेट भएपछि यस विषयप्रति स्वतः लगाव जागेको उनले बताए । यसको औपचारिक अध्ययनपछि उनी विश्वभर संस्कृत भाषाको प्रचारप्रसारमा लागेका छन् । उनले सन् १९९४ देखि यो विषय पढाउन थालेको बताए । 'यो भाषा मात्र होइन, यसभित्र जीवन, जगत, मूल्य, मान्यता र कानुनको अथाह भण्डार छ,' नोरमन भन्छन् । उनले सन् १९३० मा बेलायतमा ठूलो आर्थिक मन्दी हुँदा संस्कृत शिक्षाले नागरिकको मनोबल उकास्न ठूलो मदत गरेको बताए ।
 
'जीवनको उतारचढावमा कसरी स्थिर र संयम भएर राम्रो समय पर्खने भन्ने यसबाट सिकिन्छ,' नोरमनले भने । यसबारे अंग्रेजीभाषीलाई बुझाउन रामायण, महाभारत र श्रीमद् भागवत गीताको पुस्तकसमेत उनले प्रकाशन गर्दै आएका छन् । 'जुनसुकै मुलुकका नागरिक हुन्, गीता पढ्नै पर्छ, यसले आफू को हुँ र जगत के हो बुझ्न सहयोग पुर्‍याउँछ,' नोरमनले भने, 'बेलायती अभिभावक र बालबालिका संस्कृतप्रति निकै आकषिर्त छन् ।'
नेपालीलाई नै संस्कृत भाषा पढ्नु र बोल्नुपर्दा चिटचिट पसिना आउँछ, ओठ र जिब्रो लर्बराउँछ । विभिन्न अवसरमा पुरोहितसँग कसै-कसैले मुखमात्र चलाउँछन् । तर, सुटबुट र टाइमा चिटिक्क सजिएका एक अंग्रेजी बाजे मजाले संस्कृत भाषा पढाउँछन् । बेलायतका ५९ वर्षे नोरमन एडवार्ड डँले देवनागरी लिपिमा संस्कृतका कठिन श्लोक र मन्त्र पढ्ने मात्र होइन, चिटिक्क पारेर लेख्छन् पनि । 'सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु नीरामयाः (सबै सुखी होऊन्, सबै रोगमुक्त रहुन्)' जस्ता श्लोकलाई उनी अंग्रेजीमा मजाले अनुवाद र व्याख्या गर्छन् ।
 
 
'संस्कृत एक पूर्ण भाषा हो, अंग्रेजीचाहिँ होइन,' उनी भन्छन्, 'विश्वका अन्य भाषासँग यसको तुलना हुन सक्दैन ।' उनी संस्कृतलाई उत्कृष्ट प्राचीन भाषा मान्छन्, जसलाई भर्खरका बालबालिकादेखि वृद्धवृद्धासम्मले सरल तरिकाले अध्ययन गर्न सक्छन् । करिब ३५ वर्षदेखि संस्कृत विषय पढाइ भइरहेको बेलायतको सेन्ट जेम्स स्कुलका उनी वरिष्ठ सदस्य हुन् । उनको स्कुलमा १० जना बेलायतकै संस्कृत शिक्षक छन् । उनी आफ्नो स्कुलबाहेक बेलायत र संसारभरका 'स्कुल अफ फिलोसफी' (दर्शनशास्त्र पढाई हुने विद्यालय) मा संस्कृत भाषाको प्रवर्द्धनमा जुटेका छन् ।
 
नोरमनले सन् २००८ मा क्याम्बि्रज विश्वविद्यालयको अन्तर्राष्ट्रिय परीक्षामा संस्कृत विषयमा औपचारिक अध्ययन पनि पूरा गरेका छन् । उनी संस्कृत व्याकरणको सरलता र जटिलताबारे विद्यार्थीलाई कसरी पढाउने भन्नेबारे पुस्तक र ब्रोसर निकाल्छन् । उनको स्कुलले 'संस्कृत एट सेन्ट जेम्स' च्यारिटीमार्फत यसको जाँच, छात्रवृत्ति, ब्रोसर र पुस्तक प्रकाशनमा लाग्ने खर्चसमेत बेहोर्छ । उनी अहिले नेपालमा क्याम्बि्रज लेभलमा संस्कृत विषयको पठनपाठन सुरु गराउन आएका छन् ।
 
जेम्स स्कुलको प्रतिनिधि र दर्शनशास्त्र विद्यालयका वरिष्ठ सदस्यका हैसियतमा यसका लागि बि्रटिस काउन्सिल, शिक्षा मन्त्रालय र शिक्षा विभागका पदाधिकारीसँगको भेटघाट सकेर शनिबार बिहान स्वदेश र्फकंदै छन् । 'उनीहरूले त यस प्रस्तावको तत्काल स्वागत गरे, अब हाम्रातर्फबाट मात्र केही काम बाँकी छ,' उनले भने, 'मभन्दा बढी नेपाली अधिकारीहरू खुसी र सकारात्मक भएको पाएँ ।'
 
नोरमनले चाँडै संस्कृत विषय पढाइ हुने नेपालका केही मुख्य विद्यालयबाट इन्टरनेसनल जनरल सर्टिफिकेट अफ सेकेन्डरी एजुकेसन -आईजीसीएसई) र 'ए' लेभलको पढाइ सुरु हुने आशा व्यक्त गरे । उनले यसका लागि नेपाललाई छान्नुको रोचक अनुभव पनि सुनाए । अक्सफोर्ड विश्वविद्यालयमा अध्ययनरत उनका छोरा म्याट डँ डिग्री पूरा गर्न स्वयंसेवकका रूपमा अंग्रेजी पढाउन ललितपुरको बालकुमारीस्थित हिन्दु विद्यापीठ आएका थिए । उक्त विद्यालयमा शिक्षक आदानप्रदान कार्यक्रमअन्तर्गत अंग्रेजी विषय अध्यापन गराउन नियमित रूपमा क्याम्बि्रज र अक्सफोर्डका विद्यार्थी आउँछन् । म्याटले यहाँका विद्यालयमा संस्कृत पढाइ हुने गरेको र मैत्रीपूर्ण घरायसी वातावरण भएको बताएपछि नोरमन पनि सन् २००५ मा पहिलोपटक पत्नीसँग काठमाडौं आएका थिए । त्यसक्रममा उनीहरू नेपालका सुन्दर र रमणीय ठाउँहरू पुगे, जसबाट असाध्यै प्रभावित भए । 'छोराले भनेजस्तै यो त गजबको सुन्दर मुलुक रहेछ,' उनले भने, 'त्यसपछि मलाई यहाँका बालबालिकाका लागि केही गर्ने सोच आयो ।' उनी यसपटक सोही लक्ष्यसाथ ७ दिने भ्रमणमा नेपाल आएका हुन् । नेपालबाटै क्याम्बि्रजस्तरको जाँच गराउँदा लाग्ने सबै खर्च आफ्नो च्यारिटीले बेहोर्ने उनले बताए । 'संस्कृत यस्तो विषय हो, जसले र जुन उमेरमा पनि पढ्न सक्छन्,' उनले भने, 'यस डिग्रीका लागि संस्कृतको एक पेपरको मात्र जाँच दिए पुग्छ ।'
 
आफ्नो प्रयासमा उक्त विद्यापीठका प्राचार्य चिन्तामणि योगीको पूरा सहयोग रहेको उनले बताए । 'एउटा बेलायतीको संस्कृतप्रतिको लगावले मलाई पनि तान्यो र काँध थापिदिएँ,' योगी भन्छन् । बेलायतको दक्षिण-पश्चिम डेभनको बि्रकसममा जन्मेका र हाल राजधानी लन्डननजिक गिल्डफोर्डमा बस्दै आएका उनी अधिवक्ता लियोन म्याकलरेनको प्रेरणाले संस्कृतबाट प्रभावित भएका हुन् । 'म्याकलरेनले भारत भ्रमणका क्रममा जगतगुरु शंकराचार्यलाई भेटी संस्कृतबारे धेरै ज्ञान पाएका रहेछन्,' नोरमनले भने, 'उनले त सन् १९६० मै संस्कृतको कक्षा र औपचारिक शिक्षा लिएका थिए ।'
 
सन् १९८५ मा उनीसँग भेट भएपछि यस विषयप्रति स्वतः लगाव जागेको उनले बताए । यसको औपचारिक अध्ययनपछि उनी विश्वभर संस्कृत भाषाको प्रचारप्रसारमा लागेका छन् । उनले सन् १९९४ देखि यो विषय पढाउन थालेको बताए । 'यो भाषा मात्र होइन, यसभित्र जीवन, जगत, मूल्य, मान्यता र कानुनको अथाह भण्डार छ,' नोरमन भन्छन् । उनले सन् १९३० मा बेलायतमा ठूलो आर्थिक मन्दी हुँदा संस्कृत शिक्षाले नागरिकको मनोबल उकास्न ठूलो मदत गरेको बताए ।
 
'जीवनको उतारचढावमा कसरी स्थिर र संयम भएर राम्रो समय पर्खने भन्ने यसबाट सिकिन्छ,' नोरमनले भने । यसबारे अंग्रेजीभाषीलाई बुझाउन रामायण, महाभारत र श्रीमद् भागवत गीताको पुस्तकसमेत उनले प्रकाशन गर्दै आएका छन् । 'जुनसुकै मुलुकका नागरिक हुन्, गीता पढ्नै पर्छ, यसले आफू को हुँ र जगत के हो बुझ्न सहयोग पुर्‍याउँछ,' नोरमनले भने, 'बेलायती अभिभावक र बालबालिका संस्कृतप्रति निकै आकषिर्त छन् ।'
 
 

प्रतिकृया दिनुहोस