समावेशी गुरुकुल वारे छलफल


वागिश्वरीधाम चितवन,पुष २१

राजाले गर्ने शाशन पद्धती हटाएपनि,विगतका सस्कृति, धरोहर र सम्पदाको संरक्षण गर्नुपर्ने्र प्रदेश सांसद विजय सुवदीले बताउनु भयो ।
श्री वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमद्धारा सञ्चालित योगी नरहरिनाथ संस्कृत गुरुकुलमा शनिवार गुरुकुल का विषयमा बृहत छलफल कार्यक्रम बोल्ने क्रममासांसद सुवदी यस्तो बताउनु भएको हो कार्यक्रमका प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रमा बोल्दै प्रमुख अतिथी सुवेदीले भौतीक संरचना मात्र विकासको सुचक नहुने भन्दै उहाँले वागीश्वरीमा थप भवन बनाउन नहुने बताउनु भयो । उहाँले सो र प्रयोगमा नआएका भवन जिर्ण नराख्न पनि आग्रह गर्नु भयो उहाँले वागीश्वरी योग ,ध्यान गर्ने सुन्दर तपोवन समान हुन सक्ने औल्याउनु भयो । राष्टगुरु योगी नरहरीनाथले वागीश्वरीमा क्षेत्रको योजना अनुसार कार्यक्रमहरु अगाडि बढाउनु पर्ने बताउदै यसका लागि प्रदेश सरकारमा आफुले पहल गर्ने समेत प्रतिवद्धता जनाउनुभयो ।

योगी नरहरिनाथ संस्कृत गुरुकुलमले भरतपुर महानगरपालिकाबाट स्वीकृत लिई शैक्षिक सत्र २०७५बाट सस्कृत भाषा सहितको पठनपाठन शूरु भएको छ ।समावेशी समुदायका विद्यार्थीहरु पढाउने योगी नरहरीनाथको संकल्प अनुसार समावेशी गुरुकुल सञ्चालन गरिएको परिषदका पुर्व अध्यक्ष शान्त प्रसाद पोखरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा योगी नरहरिनाथ संस्कृत गुरुकुलका संयोजक डाक्टर गुरुप्रसाद सुवेदीले ईतिहास जोगाउनका लागि संस्कृत भाषाको जेर्गेना गर्नुपर्ने बताउनु भयो । उहाँले योगी नरहरीनाथले नै संस्कृत भाषालाई सबै समुदायका भाषा भनि सस्कृत शिक्षाको महत्व बढाउनु भएको धारणा राख्नु भयो । अहिले यहाँ ब्राम्हण, क्षेत्री, मगर र गुरुङ जातिका ८ जना बटुकहरुले कक्षा ६ मा अध्ययन गरिरहेका छन् ।

गूरुकुललाई सहज सञ्चालनका लागि योगी नरहरिनाथ संस्कृत गुरुकुलमलेमा अध्यक्षकोषको समेत स्थापना गरिएको छ । वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमका संयोजक टंकनाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी उमाशकंर अग्रवाल, मालीका मन्दिर अध्यक्ष महानन्द सिलवाल लगायतले बोल्नु भएको थियो । देवघाट क्षेत्र विकास समिति चितवन वाट मनोनित सदस्य नवराज ढकाल ज्यु , भोज राज पौडेललाई स्वागत एवं सम्मान समेत गरिएको थियो ।

प्रतिकृया दिनुहोस