हिन्दुहरूको वेद लिएर अमेरिका संसद भवन प्रवेश

अमेरिका पुष २७  ।

अमेरिका स्थित मेरिल्याण्ड राज्यको विधायिका (हाउस अफ डेलिगेट्स) ह्रयारी भण्डारीले हिन्दुहरूको पवित्र ग्रन्थ वेद लिएर संसद भवन प्रवेश गरेका छन् । बुधवार दिउसो भएको पद तथा गोपनीयताको शपथका लागि संसद भवन छिरेका भडारीले पहिला सबै सभासदहरुले जस्तै समूहमा शपथ लिएका थिए । लगतै सभामुखबाट प्रदान गरिने सभासदको प्रमाण पत्र लिन जाँदा भने  हिन्दुहरूको पवित्र ग्रन्थ वेद उनको साथमा थियो । कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिरहेका नेपाल अमेरिका पत्रकार सङ्घका पूर्व अध्यक्ष गौतम दाहालले दूरबिन नेपालसँग कुरा गर्दै भने “गीता हातमा लिएर शपथ खाएको हल्ला भइरहेको छ । त्यसमा सत्यता छैन । सभामुखसँग प्रमाण पत्र लिन जाँदा भण्डारीले हिन्दुहरूको पवित्र ग्रन्थ वेद साथमा लिएर जानु भएको थियो ।”

मेरिकन डेमोक्रेटिक पार्टी मेरिल्याण्ड केन्द्रीय सदस्य समेत रहेका भण्डारी गत नोभेम्बरमा अमेरिकाको मेरिल्याण्ड राज्य स्थितस डिष्ट्रक ८ बाट हाउस अफ डेलिगेट्स निर्वाचित भएका हुन् । कडा प्रतिस्पर्धामा भण्डारीले रिपब्लिकन पार्टीका नेतालाई हराएका थिए । निर्वाचित भएर अमेरिकाको संसदमा प्रवेश गर्ने भण्डारी पहिलो नेपाली मूलका पहिलो व्यक्ति हुन् ।
यसै बीच भण्डारीले सामाजिक सन्जाल मार्फत विज्ञप्ति जारी गर्दै आफुलाइ सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएका छन ।

उनले भनेका छन् ‘यस ऐतिहासिक दिनको क्षणमा सम्पूर्ण सहयोगी दाताज्यूहरु,स्वयंसेवक लगायत विभिन्न तरिकाले सहयोग गर्नु हुने अमेरिका भरि छरिएर रहनु भएका आदरणीय वुवामुमा दाजुभाई तथा दिदीवहिनीहरु सवैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु।’दुरबिन नेपाल डटकमबाट


तस्विर: गौतम दाहाल

प्रतिकृया दिनुहोस