चतराधाममा ७०५ वर्ष पछि तारकब्रह्म महायाज्ञ हुदै

काठमाडौं ।काठमाडौं ।

नेपालमा ७ सय ५ वर्षपछि श्रीराम तारकब्रह्म महायज्ञ हुने भएको छ । जगतगुरु रामानन्दाचार्य सेवापीठ सुनसरी तथा महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान भक्तपुरले आज पत्रकार सम्मेलन गरी आगामी माघ २६ देखि फागुन ७ गतेसम्म सुनसरीको चतराधाममा पहिलोपटक महायज्ञ गर्न लागेको जानकारी दिएको हो । 

 

पत्रकार सम्मेलनमा महायोगी सिद्धबाबा श्री श्री १००८ श्रीवैष्णव डा. कृष्णदासजी महाराजले  हरित नेपाल, स्वच्छ नेपाल, स्वस्थ्य नेपाल, स्वावलम्बी नेपाल, समृद्ध नेपाल र संस्कारी नेपाल निर्माणका गर्ने उद्देश्यका साथ महायज्ञ आयोजना गरिएको जानकारी दिनुभयो । 

यस्ता यज्ञबाट उत्पन्न हुने ध्वाँले प्रचुरमात्रामा अक्सिजन उत्पादनका साथै ओजन तहको घनत्व वृद्धि भइ सूर्यबाट आउने हानिकारक विकरणलाई छेकेर पृथ्वीलाई सुरक्षित गर्ने धार्मिक मान्यता छ । यज्ञबाट अति र अनावृटिजस्ता प्रकोप रोकथाम भइ पृथ्वीमा उर्वरशक्ति र औषधीय वनस्पतिको पनि वृद्धि हुने बताइन्छ । वातावरणमा रहेका विशाक्त तत्वलाई शुद्धिकरण गरी वायु मण्डलको सफा राख्न सहयोग पुग्ने वैज्ञानिक आधार रहेका छन् ।

 सो पत्रकार सम्मोलनमा महायज्ञको महत्व प्रष्टाउदै सो पत्रकार सम्मोलनमा महायज्ञको महत्व प्रष्टाउदै डा.कृष्णदास महाराजले सबैभन्दा ठुलो  कर्म कृषि रहेको भए पनि   ८० प्रतिशत अन्न किनेर खानुपर्ने स्थिति आएकोमा चिन्ता व्यक्त गर्नु भयो   , उ  उहाँले वातावरणिय सन्तुलनका लागि यज्ञहरु आवश्यक हुने भन्दै प्राकृतिक सम्पदा जोगाउन सर्बें लाग्नुपर्ने बताउनु भयो  । 

 

“महायज्ञले मुलुकको धर्म, संस्कार, संस्कृति, राष्ट्र, राष्ट्रियतालाई बलियो बनाउन मद्दत पुग्नेछ”, उहाँले भन्नुभयो ।

महायज्ञमा सहभागी हुने अनुष्ठानीदेखि साधु, सन्त, महात्मा जगद्गुरुलगायतका दुई हजारभन्दा बढी अतिथिको उचित आवासको लागि रु आठ करोड लागतमा १२६ कोठे आवास निर्माण कार्य भइरहेको सम्मेलनमा जानकारी गराइयो । 

जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठ एवं महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष गोविन्दबाबु तिवारीले महायज्ञका लागि गत वर्षको महाशिवरात्रिदेखि देश विदेशमा रहेका एक हजार २०० साधक साधिकाले कूल एक अर्ब ६० करोडको सङ्ख्यामा मन्त्र जप अनुष्ठान गरिरहेको बताउनुभयो । वरिष्ठ उपाध्यक्ष  तिवारीले श्रीराम तारकब्रम्ह महायज्ञ राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने जानकारी दिनुभयो

नेपालमा विभिन्न समयमा विभिन्न खालका महायज्ञ हुने गरे पनि विधि पु-याएर गर्न लागिएको पहिलो महायज्ञ भएको आयोजकले जनाएको छ । यसभन्दा अगाडि रामानन्द महाराजाको नेतृत्वमा छ करोड जप मन्त्र गरेर भारतको काशीमा महायज्ञ गरिएको थियो ।

 

 

 

प्रतिकृया दिनुहोस