भरतपुरको त्रिपुरेश्वर शिव मन्दिरमा साप्ताहव्यापी वैदिक अनुष्ठान

चितवन, २९ पुष । भरतपुर महानगरपालिका वडा नम्बर ९ शरदपुरमा रहेको त्रिपुरेश्वर शिव मन्दिर संरक्षण समितिको आयोजनामा साप्ताहिक प्रवचन हुनेछ ।भरतपुर महानगरपालिका वडा नम्बर ९ शरदपुरमा रहेको त्रिपुरेश्वर शिव मन्दिरभरतपुर महानगरपालिका वडा नम्बर ९ शरदपुरमा रहेको त्रिपुरेश्वर शिव मन्दिर
आगामी माघ ४ गतेदेखि माघ १० गतेसम्म श्री परमानन्द स्मृति सन्त निवास समुद्घाटनका साथै वैदिक अनुष्ठान तथा आध्यात्मरामायात्मक साप्ताहिक प्रवचन कार्यक्रम हुने शनिबार पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । शिव मन्दिरमा निर्माणाधिन भौतिक संरचना सम्पन्न गर्न तथा सर्वाङ्गीण विकासका साथै अक्षयकोष स्थापना गर्न प्रवचन कार्यक्रम राखिएको समितिका सहसचिव हरिप्रसाद कंडेलले बताए । महायज्ञका प्रमुख संरक्षक हरिहर सन्यास आश्रम देवघाटधामका पीठधीश १००८ स्वामी ज्ञानानन्द सरस्वती तथा यज्ञका संरक्षक स्वामी विवेकानन्द सरस्वतीबाट प्रवचन हुनेछ ।पत्रकार सम्मेलनमा हरिहर सन्यास आश्रम देवघाटधामका पीठधीश १००८ स्वामी ज्ञानानन्द सरस्वती प्रमुख अतिथिको रुपमा रहेका थिए ।
माघ ४ गते मन्दिरको ३६औंँ वार्षिकोत्सव कार्यक्रममा रथयात्रा बाजा, भजन कीर्तन, झाँकीसहितको यज्ञको कलश यात्रा हुनेछन् । त्यस्तै ९ गते लक्ष्यदीप प्रज्ज्वलन, १० गते यज्ञको पूर्णाहुती गरिने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रवचन अवधिभरी प्रत्येक दिन बिहान ४ देखि ६ बजेसम्म नित्यकर्म, ६ देखि साढे सातसम्म देव पूजन, आठ बजेसम्म स्वल्पहार, मध्यान्ह १२ बजेसम्म पाठपारायण, दिउँसो १ बजेसम्म भक्तिसंगीत, दिउँसो ३ बजेसम्म कथा प्रवचन हुने बताइएको छ ।
रकम संकलनका लागि प्रवचन नराखिएको भएपनि भक्तजनहरुले स्वेच्छाले दिएको दान रकम ग्रहण गरेर दाताहरुलाई सम्मान गरिने मूल आयोजक समितिका अध्यक्ष लालु गैरेले जानकारी दिए । 

प्रतिकृया दिनुहोस