संसारकै ठुलो हिन्दु मन्दिर

एजेन्सी ।   संसारकै सबैभन्दा ठुलो हिन्दु मन्दिरक  कम्बोडियामा रहेको छ । कम्बोडियाको ठुलो क्षेत्रमा फैलिएको यो मन्दिरको निर्माण सम्राट सुर्यवर्मन द्वितीयले आफ्नो शासनकालको इश्बी सम्बत १११२–५३ मा यस मन्दिरको निर्माण गरेका हुन् । यसमा विश्वभरीकै हिन्दु धर्मालम्बीहरु पुग्ने गर्दछन् । माघ महिनामा पुगेर अधिकांशले आफ्ना सामाजीक सञ्जालमा पोष्ट गर्ने पछिल्लो चलन बनेको छ । तपाईलेपनि सेयर गरे अद्भुत मनोकांक्षा पुरा हुनेछ ।

यो कम्बोडियाको मिकांग नदिको किनारमा रहेको सिमरिप शहरमा छ । सयौ वर्ग माइलमा फैलिएको यस मन्दिर क्षेत्रमा भगवान शिव तथा विष्णु को बिशाल मन्दिरहरु रहेका छन् । यो महिना शिवको महिमा भएकाले अधिक मानिसहरु दर्शन गर्न पुग्दछन् ।

मन्दिर खमेर वास्तुकला को उच्च परम्परागत शैलीको शिखरमा रहेको छ। कम्बोडियाको राष्ट्रध्वजमा समेत यस मन्दिरको प्रतिकलाई राखिएको छ । अंकोरवाट मन्दिर मेरु पर्वतको प्रतिक समेत मान्ने गरिन्छ । वार्षिक लाखौको संख्यामा पर्यटकले यस मन्दिरको भ्रमण गर्ने गर्दछन । विश्वकै सबैभन्दा लोकप्रिय पर्यटन स्थाल मध्य एक यस मन्दिरलाइ युनेस्कोले बिश्व सम्पदा सुचिमा राखेको छ ।

प्रतिकृया दिनुहोस