सकियो चिततन महोत्सव



भरतपुर÷१२ औं चितवन महोत्सवको शुक्रबार एक भव्य समारोहका बीच समापन गरिएको छ । महोत्सवको समापन समारोहमा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल प्रमुख अतिथि रहेकाथिए । मुख्यमन्त्री पौडेलले चितवन महोत्सवलाई राष्ट्रिय स्तरको महोत्सव बनाउनका लागि लाग्नु पर्ने बताए । उनले चितवन पर्यटनको भूमि भएको भन्दै महोत्सवले चितवनको थप पर्यटन विकासमा टेवा पुगेको प्रष्ट पारे । उनले महोत्सवले चितवनको पर्यटन विकासमा खेलेको भुमिकाको प्रसंसा गर्दै तेस्रो पर्यटकीय गन्तव्य रहेको चितवनलाई सके पहिलो नत्र दोस्रो गन्तव्य वनाउन सम्पुर्ण लाग्नु पर्ने बताए । मन्त्रि पौडेलले आगामी महोत्सवमा स्थानिय उत्पादनलाई थप प्राथमीकता दिदै अगाडि बढ्नु पर्नेमा जोड दिएकाछन् ।
समापन कार्यक्रममा ३ नम्बर प्रदेशसभाका सदस्यहरु घनश्याम दाहाल, विजय सुवेदी, नेकपा चितवनका नेता यमबहादुर परियार, नेपाली काँग्रेस चितवनका नेता रामकृष्ण घिमिरे, चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, पोल्ट्री व्यवसायी गुणचन्द्र विष्ट, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, भरतपु्र महानगरपालिकाका प्रमुख अधिकृत नेत्र प्रसाद सुवेदी लगायतले मन्तव्य राखेका थिए ।
१० दिनसम्म सञ्चालन भएको चितवन महोत्सवमा २५ करोड भन्दा बढीको आर्थिक कारोबार भएको छ । गत पुस २५ गतेदेखि सुरु भएको महोत्सव अर्थतन्त्रमा ठूलै तरंग फैलाउन सफल भएको देखिन्छ । १२ संस्करणको चितवन महोत्सव लक्षित अवलोकनकर्ता भन्दा बढीले अवलोकन गरी सफल सावित गरिदिएको पाँच लाख दर्शकले अवलोकन गरेको महोत्सव मूल आयोजक समिति संयोजक सहनलाल प्रधानले बताए । १२ औं संस्करणको चितवन महोत्सवलाई नेपाल भ्रमण वर्ष २०२० लक्षित गरि पर्यटन गतिविधिमा जोड दिइएको थियो । महोत्सवको उदुघाटन समारोहमा चितवनका पर्यटकिय ५० गन्तव्यको अवस्था र विशेषता देखिने तस्विरसहितको नेपाली र अंग्रेजी भाषामा ‘गाइड बुक’ सार्वजनिक गरिएको छ । गाइडबुकले पर्यटकलाई चितवनबारे उत्सुकता बढाउने र चितवन आउन लालायित गराउने विशवास लिएको मुल आयोजक समिति संयोजक सहन प्रधानले बताए ।
पर्यटकिय गतिविधि अन्तर्गत जलयात्रा, जिप सफारी , बिच भलिभल जस्ता आकर्षण थपिएकाथिए । महोत्सवमा अवलोकनकर्ताको आकर्षण बढाउन यसपटक देश विदेशका विभिन्न स्थानमा पाइने जनावरका मूर्तीहरुको कृत्रिम चिडियाखाना, माछाको कलात्मक मूर्ति पर्यटकिय आकर्षण बढाउने प्याकेज बने ।
पुस २५ देखि माघ ४ गतेसम्म चलेको महोत्सवमा शिक्षा, उर्जा, पर्यटन, महिला उद्यम, साहित्य जस्ता विविध विषय समेटेर कुल ८ वटा गोष्ठी आयोजना गरिएकाथिए ।। यस्तै पुस २८ देखि माघ २ गतेसम्म क्याम्पाचौरमा फुडफेस्टिबल आयोजना गरिएको थियो ।
समापन समारोहमा महोत्सवमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै मुल आयोजक समितिका सदस्य सचिव चुननारायण श्रेष्ठलाई सम्मान गरिएको छ । यस्तै उत्कृष्ट प्रर्दशकहरुलाई समेत सम्मान गरिएको

 

प्रतिकृया दिनुहोस