श्री गजेन्द्रमोक्षनारायण मन्दिरको प्राणप्रतिष्ठा महामहोत्सव एवं महायज्ञ

हाँत्तीलाई गोहीले आक्रमण गरेको थाहा पाउनुभयो त्यसपछि, ,विण्णु भगवान् गरुणमा सवार हुदै आएर हाँत्तीलाई बचाउनु भएको कुरा शास्त्रमा उल्लेख छ , जस अनुसार नदीमा रहेको ढुगांमा हाात्तँीको पाइला र गोहीको आकृति देख्न सकिन्छ

नेपालको प्रसिद्ध धाम नवलपुरको त्रीवेणीमा रहेको गजेन्द्रमोक्षधाममा निमार्णधानि विशाल एवं भव्य गजेन्द्रमोक्षनारायण श्री मन्दिरको प्राणप्रतिष्ठा गरिने भएको छ । आगामी फागुन १९ गतेको पावन अवसरमा मन्दिरको प्राण प्रतिष्ठा गरिन लागीएको हो । सो अवसरमा फागुन १७ गते २५ गते सम्म प्राणप्रतिष्ठाको कार्यक्रमसगै १०८ बटुकहरुबाट शंखनादगरि अष्टोत्तरस श्रीवीण्णुसहस्रनाम महायज्ञ पनि गरिने श्रीगजेन्द्रमोक्ष दिव्यधामका पिठाधिश श्रीश्री १००८ स्वामी कमलनयनार्चाय मुक्तीनाथबाबाले बताउनु भयो । उहाँका अनुसार सप्तदिवशीय कार्यक्रमका क्रममा ४ वेद १८ पुराण १००८ पाठपारायण गरि कार्यक्रमलाई दिव्य बनाइने छ भने मुलुकका अत्यन्तै प्रतिष्ठीत र सम्मानीत व्याक्तिहरुलाई सो अवसरमामा आमन्त्रण गरि कार्यक्रमलाई भव्य पनि बनाइने छ । प्राणप्रतिष्ठा महामहोत्सवकै सन्र्दभ पारेर मन्दिर परिसरमा मकर सक्रान्तिका दिन एक विशेष भेलाको आयोजना समेत गरिएको थियो ।
भेलामा उपस्थित प्रदेश सांसद गीतावाग्ले ले निमार्णधिन मन्दिर नेपालको अपार सम्पदा भएको भन्दै यसको संरक्षणमा सबैको हातेमालो आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालमा धेरै दिव्य धामहरुको रहेको तर प्रचार प्रसार हुन नसकेको मा चिन्ता समेत व्यक्त गर्नुभयो । विश्वको एकमात्र शालीग्राम पाहिने पवित्र कालीगण्डकीको साथमा रहेको ऐतिहासीक भुमि गजेन्द्रमोक्षधामका लागि आफुले विगत देखि प्रयास गरेको भन्दै सबैको साथ र सहयोगले गजेन्द्रमोक्षनारायण विश्वकै अनुपम सुन्दर मन्दिर बनेकोमा खुशी पनि व्यक्त गर्नु भयो । सो भेलामा मुक्तीनाथबाबाका उत्तराधिकारी स्वामी कृष्णप्रपन्नाचार्य ,अखण्डज्योतीबाबा स्वामी श्रीजी च्यारिटेवल टष्टका केन्द्रिय उपाध्यक्ष अजयराज सुमार्गी, , सुस्ता गाउँपालीकाका अध्यक्ष रामप्राद पाण्डे ,त्रीवेणी गाउँपालीका वडा ६ का अध्यक्ष पृतम बहादुर गुरुङ्ग , वडा ७ का अध्यक्ष गोपाल बहादुर क्षेत्री, मन्दिर निमार्ण समिती सदस्य चन्द्रमान श्रेष्ठ ,टष्ट्र त्रीवेणीधामका अध्यक्ष कृण्णप्रसाद शर्मा,कोषाध्यक्ष मंगल भण्डारी ,सदस्य गजेन्द्र प्रसाद खाती , मुक्तिनाथ क्षेत्र सेवाधामका व्यवस्थापक इन्द्रनाथ आर्चाय , उद्योग वाणीज्य संघ सुनवलका अध्यक्ष केशव भण्डारी , लगायत विभिन्न धार्मिक तथा सामाजीक व्याक्तित्वहरु सहभागी हुनुहुन्थयो ।
गजेन्द्रमोक्षधाममा निमार्ण भएको श्रीगजेन्द्रमोक्ष नारायणको मन्दिरको शिलन्यास पनि वैदिक परम्परा अनुसार पञ्चरत्न जडित १५५ कलशबाट गरिएको थियो । प्राचिन नेपाली पैगोडा शैली र दैविक सम्पदापन्न दाक्षिणात्य शैलीबाट पाचँतले अत्यन्तै कलात्मक मन्दिर निमार्ण गरिएको छ । । विश्वको एकमात्र शालीग्राम पाहिने पवित्र कालीगण्डकीको को किनारमा नै अवस्थित रहेको छ , ऐतिहासीक भुमि गजेन्द्रमोक्षधाम । यस धामको वारेमा विभिन्न पुराणमा उल्लेख पनि भएको छ । स्वामी कृष्णप्रपन्नाचार्यका अनुसार गजेन्द्रमोक्ष धामका बारेमा स्कन्धपुराणको भागवत महापुराण अन्तरर्गत आठौ स्कन्ध को २ ÷३ अध्यायमा यस धामको वारेमा लेखिएको छ । साहित्यकार श्रीभक्त अच्युत वाग्लेका अनुसार भगवान् विण्णु बैकुण्ठलोक मा रहेका अवसरमा हाँत्तीलाई गोहीले आक्रमण गरेको थाहा पाउनुभयो त्यसपछि, ,विण्णु भगवान् गरुणमा सवार हुदै आएर हाँत्तीलाई बचाउनु भएको कुरा शास्त्रमा उल्लेख छ , जस अनुसार नदीमा रहेको ढुगांमा हाात्तँीको पाइला र गोहीको आकृति देख्न सकिन्छ । गज हात्ती मोक्ष भएको ठाँउ नै गजेन्द्रमोक्षधाम भएको बताइन्छ ।

प्रतिकृया दिनुहोस