मनकामना माई मन्दिर धनेश्वर शुक्रवार देखि श्रीमद्भागवत

चितवन माघ १२,
पश्चिम चितवनको भरतपुर महानगरपालिका–१७ लगौटामा रहेको मनकामना माई मन्दिर धनेश्वर शिवालयमा शुक्रवार देखि श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञानमहायज्ञ तथा धार्मिक महोत्सवशुरु भएको छ ।
महायज्ञमा प्रमुख अतिथी मन्दिरका जग्गादाता राजाभक्त खयरगोली रहनु भएको थियो । महायज्ञको उद्घाटन गरदै नारायणगढ निवासी समाजसेवी खयरगोलीले मन्दिरका लागि जग्गा दान गर्नु पाउदा खुशी लागेको बताउनु भयो । सो अवसरमा प्रमुख अतिथी खयरगोलीले सामाजीक कार्यले आत्म सन्तुष्टि मिल्ने भन्दै महायज्ञमा सहयोग गर्न सबैमा अपिल पनि गर्नु भयो । महायज्ञको प्रमुख वाचक युवापन्डित दिनवन्धु पोखरेल रहनु भएको छ ।
माघ ११ गते देखि सञ्चालीत सो महायज्ञ माघ १७ गते विशेष कार्यक्रमका विच समापन गरिने
प्रचार प्रसार समितिका समितिका संयोजक गोपाल दराइले जानकारी दिनुभयो ।महायज्ञ शुरु हुनु िअघि भव्य कलश यात्रा समेत निकालीएको थियो । 
महायज्ञबाट करिव ४ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । संकलित रकमले मुक्तिक्षेत्रको आकारमा १०८ गौ धारा एवंम १०८ शिवलिंग तयार गरी प्रसिद्धधाम बनाउने महायज्ञको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । वि सं २०६९ सालमा नेपालकै प्रसिद्ध धार्मीक स्थल गोरखामा रहेको मनकामना माईको आस्था र शक्तिलाई नजिक पर्ने गरि सोहि आकार र शैलीमा यस मन्दिरको निर्माण कार्य सम्पन्न भएको हो । मन्दिरका अध्यक्ष गगन थापाको अध्यक्षतामा भएको सो उद्घाटन समारोहमा धार्मिक तथा सामाजीक व्याक्तित्वहरु सहित श्रद्धालुहरुको को बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस