रामजानकी बालिका आश्रमलाई सहयोग

बालिकाहरु मात्र आश्रित आश्रम समावेशी गुरुकुल शिक्षाको लागि उदाहरणीय बनेको

लोककल्याण प्रतिष्ठान चितवनद्धारा सञ्चालित श्री  रामजानकी बालिका आश्रमले बालिकाहरुको गुरुकुल शिक्षाको लागि गरेको पहलको प्रदेश सांसद विजय सुवेदीले प्रशंसा गरेकाछन् । बालिकाहरु मात्र आश्रित आश्रम  समावेशी गुरुकुल शिक्षाको लागि उदाहरणीय बनेको उनको ठम्याई छ । बुधबार आश्रममा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद सुवेदीले बालआश्रमहरुले पुरा गर्नुपर्ने न्यूनतम आवश्यकता पुरा गर्न कठिनाई भए सरकारको ध्यानाकर्षण गराउन समेत सुझाएकाछन् ।सो क्रममा उनले पिस वेभ नेपाल चितवन  र लायन्स क्लव अफ काठमाण्डौं टेम्पलले उपलब्ध गराएको  दुई लाख रुपैंया आर्थिक सहयोग आश्रमका आमा सावित्री टण्डनलाई हस्तान्तरण गरेकाछन् । आश्रममा रहेका ४० जना बालिकाहरुको विद्यालय पोशाक तथा स्टेशनरी खर्च शिर्षकमा सो सहयोग जुटेको हो । पिस वेभ नेपाल चितवनले स्टेशनरी व्यवस्थापनका लागि एक लाख र लायन्स क्लव अफ काठमाण्डौं टेम्पलले पोशाकको लागि एक लाख रुपैंया सहयोग गरेको हो । दुवै संस्थाले आगामी ५ वर्षका लागि प्रत्यक वर्ष १ लाखका दरले सहयोग गर्ने प्रतिवद्धता जनाएको लोककल्याणकारी प्रतिष्ठान चितवनका महासचिव रामेश्वर खनालले बताए । आश्रममा शिशु कक्षा देखि ११ कक्षा सम्म अध्ययन गर्ने बालिकाहरु आश्रित छन् ।आश्रम सञ्चालनका लागि प्रत्यक महिना न्यूनतम एक लाख रुपैंया खर्च हुने सचिव खनालले बताए । विभिन्न सहयोगि संस्थारुबाट जुट्ने सहयोग नै आश्रम सञ्चालनको मुख्य स्रोत रहेको उनले बताए । कार्यक्रममा नेपाल जेसिजका पूर्व केन्द्रिय अध्यक्ष महेश दाहाल, पिस वेभ नेपाल चितवन का अध्यक्ष अरुण कुमार श्रेष्ठ, , लायन्स क्लव अफ काठमाण्डौं टेम्पलका सुदर्शन  महर्जनले मन्तव्य दिएका थिए 

प्रतिकृया दिनुहोस