देवघाटमा रहेको रोटरी करुणालय बृद्धाश्रमलाई उपभोग्य सामाग्री वितरण

कार्यक्रममा प्रदेश नम्बर ३ को सामाजिक विकास मन्त्रालय मार्फत उपलब्ध गराइएको एक लाख ५२ हजार रुपैंया बराबरका सामाग्री हस्तान्तरण गरिएको छ ।

देश नम्बर ३ को सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य निर्देशनालयको आयोजनामा बुधबार देवघाटमा रहेको रोटरी करुणालय बृद्धाश्रम तथा थाहासदावर्तमा आश्रितहरुलाई निशुल्क स्वास्थ्य शिविर तथा उपभोग्य सामाग्री वितरण गरिएको छ । कार्यक्रममा प्रदेश सांसद गीता वाग्लेले वृद्धाश्रम सञ्चालन गर्न कठिन हुने भन्दै राज्यबाट सहयोग उपलब्ध गराइनुपर्ने धारणा राखेकीछिन् । ज्येष्ठ नागरिकका लागि प्रदेश सरकारले समेत हालसम्म कुनै निति अवलम्बन गर्न नसकेको अवस्थामा आश्रम सञ्चालनमा सहयोग गर्नेहरुको प्रशंसा गरिन् । वृद्धाश्रममा आइसकेपछी नितिनियम अनुसार सहयोगि वातावरण बनाउन आश्रितहरुले पनि ध्यान दिनुपर्ने उनको भनाई छ । कार्यक्रममा  प्रदेश नम्बर ३ को सामाजिक विकास मन्त्रालय मार्फत उपलब्ध गराइएको एक लाख ५२ हजार रुपैंया बराबरका सामाग्री हस्तान्तरण गरिएको छ । ४० थान, विपिचेक सेट, थर्ममिटर, ग्लुकोमिटर सेट, प्रेसर कुकर,  खैंजडी, मादल लगायत खाद्य सामाग्री सहयोग गरिएको  प्रदेश नम्बर ३ को सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्उ प्रशासक डाक्टर राजेन्द्र गिरिले बताए । सोही अवसरमा नारायणगढका प्रतिष्ठित व्यवसायी स्वर्गिय कन्हैयालाल श्रेष्ठको स्मृतिमा श्रीमती कमला श्रेष्ठ र  छोरा मनोज श्रेष्ठले ४ लाख ५० हजार आर्थिक सहयोग गरेकाछन् ।त्यसै गरि चितवन समाज युएई र चितवन समाज अन्तराष्टिय समवन्य समिति नेपाळे पनि पंखा ,पर्दा लगायत १लाख बरावरको सहयोग प्रदान गरेका छन्न। कार्यक्रममा भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका  प्रमुख शान्ता कुमारी पौडेल, रोटरी करुणालय स्वास्थ्य सेवा संयोजक मित्रराज दवाडी, चितवन सेवा समाज यूएईका अध्यक्ष परशुराम घिमिरे, रोटरी करुणालय वृद्धाश्रमका सचिव उत्तमलाल चुके चितवन युवासमाज अन्तराष्टिय समिति नेपालका अध्यक्ष मुक्ति प्रासाद अधिकारि लगायतले मन्तव्य राखेका थिए ।१८ वर्ष अघि स्थापना गरिएको रोटरी करुणालय वृद्धाश्रममा ३२ जना आश्रित छन् । ४० जनाको क्षमता रहेको आश्रममा ६० देखि ८० वर्ष उमेर समुहकालाई मात्र राखिने रोटरी करुणालयका अध्यक्ष श्रेष्ठ जानकारी दिए ।

प्रतिकृया दिनुहोस