समाजको समृद्धिको अभियानमा राष्ट्र गुरु योगी नरहरिनाथ

चितवन, फागुन १८
राष्ट्र गुरु योगी नरहरिनाथको शुक्रवार परेको योगि नरहीनाथको प्राकट्य एवम् १६ औं स्मृति नेपालभरि रहेका नरहरिनाथ आश्रममा विभिन्न कार्यक्रम गरि सम्पन्न गरिएको छ । सोहि अवसरमा देवघाटमा रहेको श्री वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरीनाथ आश्रममा पनि कार्यक्रम गरिएको हो ।
हवन तथा पाठ पारायण गरि सुरु गरिएको कार्यक्रममा बृहत आध्यात्मिक परिषद् मृगस्थली काठमाण्डौका वरिष्ठ उपाध्यक्ष योगी व्याघ्र वेदनाथ प्रमुख अतिथी रहनु भएको थियो । उहाँले सामाजिक कार्यमा जो कोहि तत्पर भएर लागिरहन्छ उ सदा अम्मर रहने बताउनुभयो । योगी नरहरीनाथ समाजको समृद्धिका लागि चलाउनु भएको अभियान सबैले साथ दिनुपर्ने उहाँको भनाई थियो । पुन्य कार्यले मानव जीवनको महत्व उजागर हुने भन्दै प्रमुख अतिथी वेदनाथले पुण्य कमर्मा मन लगाउन लागि सबैलाई आग्रहसमेत गर्नुभयो
सोहि कार्यकार्यक्रममा साल्ट टे«डिङ्ग े कर्पोरेशन चितवन शाखाले आश्रमलाई विभिन्न सहयोग गरेको छ । । कर्पाेरेशन ल फ्रेबरुरि महिनालाई आयोडिन दिवशको रुपमा देशैभरि आयोडिन सम्बन्धी जनचेतना मुलक कार्यक्रम गर्दै आएको छ , सो अवसर आयोडिनको महत्व माथि प्रकास पारदै अन्तिम दिन देवघाटमा रहेको योगी नरहरिनाथ सँस्कृत गुरुकुलम्का ११ जना विद्यार्थीहरुका लागि स्कुलव्याग, गाईको लागि १ बोरा आयोडिन नुन, गौ सेवका का लागि टिर्सट र सहित चिनी र चियापत्ति वितरण गरिएको हो ।
कार्यक्रमका बिशिष्ठ अतिथी साल्ट टे«डिङ्ग कर्पोरेशन चितवन शाखाका प्रमुख वुद्धिविनोद दाहालले कर्पाेरेशनको सहयोग का बारेमा प्रष्टाउदै आयोडिनको कमीबाट लाग्ने विभिन्न रोग र त्यसबाट बच्न अपानाउन पर्ने उपायहरु सम्बन्धी जनचेतना मूलक कार्यक्रम बारे बताउनु भयो । गुरुकुलमका निर्वृत शिक्षक हरिशर्मा रेग्मीले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रममा श्री योगि नरहरिनाथ सँस्कृत्तम गुरुकुलमका प्राचार्य योगाचार्य यदुनाथ पोखरेलले सहजीकरण गर्नु भएको थियो । उक्त कार्यक्रम श्री बागिश्वरी आध्यात्मिक परिषद् योगि नरहरिनाथ आश्रमका निर्वतमान अध्यक्ष शान्ता प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
राष्ट गुरु नरहरीनाथ यस वर्ष प्राक्टय दिवसका साथै ब्हमलिन तिथी पनि परेको बताउदै आश्रमका योगी निरञ्जननाथले चितवन शाखाले हवन , रुद्धि ,भण्डारा लगायतको धार्मिक कार्यक्रम बताउनु भयो । सुदुर पश्चिमको कालकोटमा वि.सं १९७१, फागुन १७ गते जन्मिएका योगि नरहरीनाथ वि.सं २०५९ साल फागुन १३ गते शुक्रवारकै तिथिका दिन देहान्त भएको थियो । उहाँले जीवनभर १२९ भन्दा बढि पुरातात्विक महत्वका क्षेत्रहरुमा कोटीहोम लगाउनु भएको थियो । उहाँका वैदिक साम्यवाद , शिखरणी यात्रा , शावरचिन्तामणी लगायतका ५७१ भन्दा बढि कृति प्रकाशित भएकाछन्

 

प्रतिकृया दिनुहोस