ॐकारेश्वर मन्दिरमा श्रीमद्देवीभागवत


पुर्वि चितवन २२ फागुन
पुर्वि चितवनको राप्ती ५ भण्डारामा रहेको ॐकारेश्वर शिवालय मन्दिरमा श्रीमद्देवीभागवत नवाह महायज्ञ हुने भएको छ । श्री ॐकारेश्वर शिवालय मन्दिर भण्डारा र लोककल्याण सेवा प्रतिष्ठान देवघाटको सयुक्त आयोजनामा महायज्ञ गरिन लागिएकोहो । यज्ञ मुल समारोह समितिका संयोजक अग्नी प्रसाद सिलवालले फागुन २३ गते देखि हुने नवाह महायज्ञको सम्पुर्ण तयारी सकिएको बताउनु भयो ।संयोजक शिलवालका अनुसार महायज्ञको उद्घाटन पुर्व २३ गते विहान कलश यात्रा निकालिने र त्यसपछि उद्घाटन गरिने छ। शिवालय मन्दिर पसिरमा हुने सो महायज्ञको उद्घाटन गलेश्वर आश्रम देवघाटका पिठाधिस अनन्त श्री विभुषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजले गर्नुहुने महायज्ञका सचिव रामेश्वर खनालले बताउनु भयो । महायज्ञमा नेपालकै कान्छि भागवत उमामहेश्वरी लोककल्याणी प्रमुख वाचक उपवाचक पन्डित गोविन्द दाहल रहनु भएको छ ।
महायज्ञमा संकलित सहयोग रकम शिवालय मन्दिरको भौतिक पुर्वाधारलाई पुर्णता दिनुका साथै देवघाटमा रहेका श्रीराम जानकी बालीका आश्रमलाई सहयोग गरिने बताइएको छ ।
। चैत्र १ गते विशेष समारोहका विच सो महायज्ञको समापन गरिने छ ।

प्रतिकृया दिनुहोस