वैवाहिक स्वर्णवर्ष नेपालीसमाजमा नी हराउछ

वैवाहिक उत्सवमा सहभागी कार्यक्रमकी प्रमुख अतिथी प्रदेश सांसद रिना गुरुगंले वैवाहिक स्वर्ण उत्सव कार्यक्रम अबका दिनमा विरलै हुन सक्ने बताउनुभयो ।


भरतपुर १, देवघाटधाम
कपाल सेतै फुलेका एक पुरुष ले रातो पहिरन मा सजिएकी महिलालाई माला पहिरादिनु भयो । माला पहिराएपछि वरवपरका सबैले ताली बजाउनु भयो । र केहिले उहाँहरु दुवैलाई दोषल्ला पहिराउनु भयो र माला थपिदिनु भयो । यो विवाह जस्तै कार्यक्रम थियो । उहाँहरु बेहुला बेहुली जस्तै देखिनुहुन्थ्यो , तर उहाँहरु ५० वर्ष अघि वेहुला बेहुली बन्नु भएका जोडी हुनुहन्छ । भरतपुर १२ निवासी साहित्यकार बाबुराम पाण्डे र उहाँको श्रीमती ज्ञानु पाण्डेका जोडीको फागुन २५ गते आजकै दिन ५० वर्ष अघि विवाह भएको थियो । वैवाहिक जीवनले ५० वर्ष टेकेपछि सन्तानको आग्रहमा उहाँहरुको वैवाहिक स्वर्ण उत्सव कार्यक्रम आयोजना गरियो । देवघाटमा रहेको श्री राम जानकी बालिका आश्रम –(ग्रागी कन्या गुरुकुलम्) सो कार्यक्रम आयोजना गरिएको थियो ।
केहि दिन अघि देवघाटमा रहेको सो वालिका आश्रममा साहित्यकार पुग्नु भएको थियो । उहाँलाई पनि त्यहाँ सहयोग गर्ने मन पलायो । आफ्नो विवाहको ५० वर्षगाठ रमाइलो गरि मनाउने सल्लाह छोराछोरीको पाएपछि वैवाहिक स्वर्ण उत्सव आश्रममा मनाउने निर्णयमा पुगेको उहाँले भन्नु भयो । वैवाहिक उत्सव मनाइरहदा उहाँलाई सार्है रमाइलो लागेछ र । त्यो रमाइलो आश्रमका बालिकासगँ साट्न पाउदा थप खुशी भएको उहाँले बताउनु भयो ।
वैवाहिक उत्सवमा सहभागी कार्यक्रमकी प्रमुख अतिथी प्रदेश सांसद रिना गुरुगंले वैवाहिक स्वर्ण उत्सव कार्यक्रम अबका दिनमा विरलै हुन सक्ने बताउनुभयो । सांसद गुरुगंले बालिका हरु असुरक्षित र बालिका माथि हिसांका घटना बढिरहेको मा चिन्ता प्रकट गर्दै
वालिका आश्रममा संरक्षित बालिकाहरुलाई सहयोग गर्नु सरहनिय कदम भएको धारणा राख्नु भयो ।
।सो वैवाहिक स्वर्ण उत्सवको कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएका समाजसेवी यमुनानाथ न्यौपानेले सो कार्यक्रमले रोमान्टिक भएको बताउनु भयो । उहाँलाई आफनो वैवाहिक स्वर्ण उत्सव नमनाएकोमा पश्चताप पनि लागेछ । उहाँले भन्नु“ भयो मेरो विवाह ६६ वर्ष भयो , अहिले मैले पनि मनाउनु पर्ने लाग्यो वैवाहिक उत्सव कार्यक्रम ”। कार्यक्रममा नै उपस्थित आर्चाय लक्ष्मण भण्डारील पनि अब वैवाहिक स्वर्ण उत्सवकार्यक्रमको सम्भावना नै नभएको बताउनु भयो । उहाँल विवाह पछिको प्रेम पुर्विया दर्शनको महान्ता भएको समेत प्रष्टाउनु भयो ।उहाँले वर्तमानमा प्रेम पछि विवाह गरिने चलन चलेको चिन्ता व्यक्त समेत गर्नु भयो ।
कार्यक्रममा नै सहभागी साहित्यकार पुर्ण प्रसाद अधिकारीले साहित्य लेखनमा बाबुराम पाण्डे योगदान उच्च रहेको बताउनु भयो ।
साहित्यकार पाण्डे सिर्जनसील अनुसन्धान केन्द्रको अध्यक्ष,प्रश्रित अनुसन्धान केन्द्रको केन्द्रिय उपाध्यक्ष , साहित्य संगम चितवनको उपाध्यक्ष , प्रगतिशिल लेखक संघ चितवनको अध्यक्ष लगायत विभिन्न साहित्यक संस्थाहरुमा आवद्ध हुनुहुन्छ । उहाँका समयको आवाज कविता संग्रह २०६८ , मेरो आस्थाका धरोहर २०७१ ,जितिया पावनी थाँरु भाषाबाट अनुवाद २०७१ लगायतका कृतिहरु प्रकाशित भएका छन् ।
५० औ वर्षगाठको अवसरमा एक विशेष समारोहको आयोजना गरि बालीका आश्रमको अक्षय कोषमा ५१ हजार १ सय ११ रकम र आश्रमको आजिवन सदस्य वापत ११ हजार १ सय ११ रकम सहयोग प्रदान गर्नुभएको छ
पान्डे की धर्मपत्नि ज्ञानु पाण्डेले पनि आश्रमका बालीकाहरुको भोजनका लागि ६ हजार सहयोग गर्नु भएको छ ।यसै गरि पाण्डे दम्पतीका छोरी चिन्तन पान्डे र ज्वाई महेन्द्र क्षेत्री ले आश्रममा १ दिनको खाना बराबर ५ हजार ५५ रकम सहयोग गर्नु भएको छद ।
सो अवसरमा सांसद गुरुगंले पनि आश्रमका बालिकाका लागि १सय थान सेनेटरी प्याड प्रदान गर्दै उहाँले आश्रमको भवन निमार्णमा सक्दो सहयोग गर्ने समेत बताउनु भयो


साहित्यकार पाण्डे ७४ वर्षका हुनुहुन्छ भने उहाँको श्रीमती ७० वषको । दम्पतीका १ छोरा र ३ छोरी रहेका छन् वैवाहिक स्वर्ण उत्सव कार्यक्रमा उहाँका छोरा वुहारी सहित छोरी ज्वाई र नातिनातिना उपस्थिती हनु भएको थियो ।सो अवसरमा परिवारका तर्फवाट पनि पनि सुभकामना पत्र का साथमा दोसल्ला ओढाएर पाण्डे दम्पतीको वैवाहिक स्वर्णउत्सव थप रौनकता थपेका थिए ।
कार्यक्रममा जेष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालका अध्यक्ष नारायण प्रसाद तिवारी,युवा समाजसेवी गुणराज दाहल शिक्षक अभि भण्डारी , बालिका आश्रमका महासचिव रामेश्वर खनाल , आश्रमकै बालिका कल्याणी लो पाण्डे दम्पतीका नातिनी समृद्धि गौतम क्षेत्री ,नाति प्रसिम हमाल लगायतकाले बोल्नु भएको थियो ।

 

 

प्रतिकृया दिनुहोस