देवी भागवतमा महायज्ञमा श्रद्धालुहरुको भिड


पुर्वि चितवन २६ फागुन
पुर्वि चितवनको राप्ती ५ भण्डारामा रहेको ॐकारेश्वर शिवालय मन्दिरमा श्रीमद्देवीभागवत नवाह महायज्ञको चौथो दिन आइतवार पनि श्रद्धालुहरुको बाक्लो उपस्थिती रहेको छ । ॐकारेश्वर शिवालय मन्दिर भण्डारा र लोककल्याण सेवा प्रतिष्ठान देवघाटको सयुक्त आयोजनामा सञ्चालीत सो महायज्ञको नेपालकै कान्छि भागवत वाचक उमामहेश्वरी लोककल्याणीले वाचन गरिरहेकीछिन् । प्रमुख वाचक उमामहेश्वरी वालिका आश्रमकै ठुली छोरी हुन् । महायज्ञको उद्घाटन पुर्व भव्य कलश यात्रा निकालीएको थियो । शिवालय मन्दिर पसिरमा सञ्चालन भइरहेको सो महायज्ञको उद्घाटन गलेश्वर आश्रम देवघाटका पिठाधिस अनन्त श्री विभुषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजले गर्न भएको हो । महायज्ञमा उपवाचक पन्डित गोविन्द दाहल रहनु भएको छ ।
महायज्ञमा संकलित सहयोग रकम शिवालय मन्दिरको भौतिक पुर्वाधारलाई पुर्णता दिनुका साथै देवघाटमा रहेका श्रीराम जानकी बालीका आश्रमलाई सहयोग गरिने महायज्ञ मुलसमारोह समितीका संयोजक अग्नि प्रसाद सिलवालले बताउनु भयो ।
। चैत्र १ गते विशेष समारोहका विच सो महायज्ञको समापन गरिने छ ।

 

प्रतिकृया दिनुहोस