कृष्णदासजी महाराजको नागरिक अभिनन्दन गरिने


चैत्र २
महायोगि शिद्धबाबा आध्यात्मिक प्रतिष्ठान चितवनले जगतगुरु श्री १००८ डाक्टर श्री वैष्णव कृष्णदासजी महाराजको नागरिक अभिनन्दन गर्ने भएको छ । रामानन्दचार्य पदबाट विभुषित भएको सन्दर्भमा श्री १००८ डाक्टर श्री वैष्णव कृष्णदासजी महाराजको अभिनन्दन गर्ने तयारी गरिएको हो । आगामी चैत्र ११ गते हुने नागरिक अभिनन्दन कार्यक्रमका लागि शनिबार प्रतिष्ठान चितवनले मुल आयोजक समिति गठन गरेको छ । प्रतिष्ठान चितवनका अध्यक्ष भरत दवाडीको संयोजकत्वमा समिति गठन गरिएको हो । भरतपुर ८ लक्ष्मीनारायण मन्दिर परिसरमा भएको सो कार्यक्रममा मुक्तिनाथ धाम देवघाटका स्वामी चक्रधराचार्य महाराज प्रमुख अतिथि रहेकाथिए । कृष्णदास महाराजले महायोग साधनाबाट जनजनलाई स्वस्थ रहने अभियान चलाउनका साथै नेपालमै पहिलो पटक ब्रम्हतारक महायज्ञ सञ्चालन गरेर महान कार्य गरेको उनले बताए । कार्यक्रममा उपस्थित हरिकिर्तन वैदिक धर्मशाला देवघाटका संस्थापक संरक्षक अखण्डबाबा उमानाथ कंडेलले नागरिक अभिनन्दन कार्यक्रम गौरवको कार्यक्रम भएको भन्दै सबै मठमन्दिर आश्रम सबैलाई उपस्थित गराउन आवश्यक रहेको बताए । सो कार्यक्रममा धर्मशालाका महासचिव फुलनाथ न्यूरे, छहारी टोल विकास समितिका अध्यक्ष सुरेन्द्र ढकाल लगायत विभिन्न टोल विकास तथा मठ मन्दिरका प्रतिनिधिहरुले ले आफ्ना भनाई राखेका थिए । प्रतिष्ठान चितवनका सल्लाहकार भरत सापकोटाले कार्यक्रम सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गर्ने जानकारी दिएकाछन् ।चताराधाममा गत फागुनको पहिलो साता सम्पन्न श्रीराम तारकब्रम्ह ज्ञानमहायज्ञको पूर्णहुतीका अवसरमा महायोगि शिद्धबाबालाई जगतगुरु रामानन्दचार्य पदबाट विभुषित गरिएको हो ।

 

प्रतिकृया दिनुहोस