आयुर्वेद व्यवसायीको संघका नवनिर्वाचित केन्द्रीय पदाधिकारीहरु चितवनमा सम्मानित

नेपाल आयुर्वेद औषधि व्यवसायी संघमा नवनिर्वाचित पदाधिकारीलाई विहीवार चितवन शाखाले सम्मान गरेको छ ।

पछिल्लो समय आम सर्वसाधारणले रुचाउदै गएको सो ब्यवसायमा लागेका ब्यवसायीहरुलाई प्रोत्साहन प्रदान गर्नु का साथै यो ब्यवसायलाई अझै ब्यवस्थित बनाउने कामना सहित सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा नेपाल आयुर्वेद व्यवसायी संघका नवनिर्वा्चित केन्द्रीय अध्यक्ष जंगराज गिरी, सह कोषाध्यक्ष अब्दुल रहमान , तथा प्रदेश न ३ का संयोजक बाबुराम भट्ट लगायत अन्य पदाधिकारीलाई सम्मान गरिएकोे हो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले आयुर्वेदको विकासको लागि केन्द्र तथा जिल्लामा हातेमाले गरेर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए । चितवन शाखाका अध्यक्ष कमलप्रसाद ओलीको अध्यक्षतामा भएको कार्यक्रममा शाखाका उपाध्यक्ष बालकगोपाल श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो ।कालीका एफएमबाट 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माडीको कालभैरव मन्दिरमा गजुर हालियो मौला गाडियो

मंसिर,,२८ माडी । चितवनको दक्षिणमा रहेको  माडी उपत्यकाको सेतो पहिरोस्थित कालाभैरवको मन्दिरमा ४ दिन...