yog & yoga

नारायणगढ , अषार ३  । अन्तराष्ट्रिय योग दिवस २१ जुन को सन्र्दभ पारेर  नारायणी किनार नारायणगढमा योग कार्यक्रम  आयोजना गरी योग दिवस २०२६  शुरुवात गरिएको छ । भारतको महावाणिज्य दुतावास विरगंजको आयोजनामा आयोजित  सो योग कार्यक्रममा नेपाल भारत मैत्री संघ ,  पतन्जली योग समिति चितवन , आर्ट अफ लिभिग चितवन , उद्योग वाणिज्य संघ चितवन लगायतका विभिन्न सस्थाको समन्वयमा शुरु गरिएको हो । अन्तराष्ट्रिय योग दिवस २६ को अवसरमा आयोजीत सो कार्यक्रमका  प्रमुख अतिथी वाग्मती प्रदेश सरकारका सहकारी तथा गरिवी निवारण मन्त्री विनु रायमाझी पौडेल रहनु भएको थियो । सो अवसरमा मन्त्री पांडेलले मानवको   वाच्ने आधार योग भएको भन्नुहुदै  विहानी कर्म योग गरेर शूरुवात गर्न आग्रह गर्नुभयो ।  उहाँले  अहिलेसम्म योग अभ्यास नर्गुहुनेहरुले  पनि  दैनिक योगअभ्यास  गर्न सुझाउनु भयो । 
 कार्यक्रममा महावाणिज्य दुतावास विरगंजका  महावाणिज्य दुत देवी सहाय मिनाले योग हाम्रो प्राचिन निरोगीता रहने पद्धती भएको भनाई राख्नु भयो । योग मानव र प्रकृति बिचको एकताको प्रतिक भएको भन्नुहुदै शारीरीक साथै मानसिक स्वास्थ्यका लागि अति उपयोगी माध्यम भएको बताउनु भयो । उहाँले १२ औ अन्तराष्ट्रिय योग दिवसको नारा दिघायुका लागि योग जीवनको प्रत्येक चरणका लागि महत्वपूर्ण हुने बताउनु हुदै यसै अवसरमा मकवानपुर , वारा , जनकपुर ,पर्सा लगायतका जिल्लामा पनि  योग विशेष कार्यक्रम आयोजना गरेको जानकारी गराउनु भयो ।  
 कार्यक्रममा  महिला पतन्जली योग  समिति चितवन  निवर्तमान अध्यक्ष अस्मिता पान्डे ,   महिला संगठन मन्त्री रेनु सुवेदी र आर्ट अफ लिभिगं चितवन सदस्य सरु भन्डारीले  ड्यासबाट  योग अभ्यास गर्न सहजीकरण  गर्नु भएको थियो । 


 सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, चितवन जिल्ला प्रहरी प्रमुख राजन पौडेल, नेपाल भारत मैत्री संघका केन्द्रिय अध्यक्ष सर्वण रेग्मी , उद्योग वाणिज्य संघ नारायणगढका अध्यक्ष चिरिन्जीवी सुवेदी , पतन्जली योग समिति  समिति चितवनका अध् कार्यक्रममा निवर्तमान महिला अध्यक्ष अस्मिता पान्डे , पतन्जली योग समिति  चितवनका अध्यक्ष  बलराम थापा लगायतको उपस्थिती रहेको थियो । योग मानव स्वास्थ्यका लागि अपरिहार्य साधन भएको र यसको महत्व जनजनमा पुर्याउन दुतावासले विगत केहि वर्ष देखि निरन्तर योग विषेश कार्यक्रम आयोजना गर्दे आएको छ । दैनिक योग अभ्यास गर्न सक्यौ भने निरोग रहन सकिने विज्ञहरु बताउनुहुन्छ । 
 प्रत्येक अग्रेजी महिना जुन २१ तारिखका दिन  अन्तराष्ट्रिय योग दिवस मनाउने गरिन्छ । 
संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ डिसेम्बर ११ मा पारित गरेको प्रस्तावअनुसार २१ जुनलाई विश्व योग दिवस मनाउन्े गरिएको हो । सन् २०१५ जुन २१ देखि यो दिवस विश्वभर  मनाउन सुरु गरियो  । नेपाल सरकारले  भने पनि २६ जेठ २०७३ मा यो दिवस मनाउने  निर्णय गरेको थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

yog & yoga

नारायणगढ , अषार ३  । अन्तराष्ट्रिय योग दिवस २१ जुन को सन्र्दभ पारेर  नारायणी किनार नारायणगढमा योग...