जनकपुरधाममा जानकी नवमी महामहोत्सव मनाइने

 चैत्र २८ ।
अगामी वैशाख ३० गते जनकपुरधाममा मनाईने जानकी नवमी महामहोत्सव २०७६ को तयारी शुरु भएको छ । जनकपुरधामको विश्व प्रसिद्ध जानकी मंन्दिर व्यवस्थापनले महामहोत्सवको तयारीमा जुटेको छ ।

विगत केही वर्ष देखि जानकी नवमी महामहोत्सव भव्य रुपमा मनाउन थालिएको छ । जानकी नवमी महामहोत्व नौ दिनको धार्मिक तथा सांस्कृति कार्यक्रमहरुको आयोजना गरेर मनाउने तयारीमा जुटेको जानकी मंन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताउनु भयो ।

जानकी नवमी महामहोत्सवमा नेपाल तथा भारतका करिव १ सय ५० जना विशिष्ट साधुसन्त, महन्थ, योगी तथा विद्वानहरुको सहभागिता रहनेछ भने ४ सयको संख्यामा अन्य साधुसन्तहरु सहभागि हुने विश्वास जानकी मंन्दिरको रहेको छ । यसका साथै नौ दिनसम्म नवाहपरायण, प्रवचन, जानकी लिलाजस्ता धार्मिक कार्यक्रमहरुको आयोजना गरिने भएको छ ।

जानकी नवमी महामहोत्सवको तयारीका लागि मंन्दिरले चैत्र २९ गते शुक्रवार सर्वपक्षीय वैठक बोलाएको छ । भोली दिउँसो ३ बजे जानकी मंन्दिरमा आयोजना हुने वैठकमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गरिएको छ । जानकी नवमी महामहोत्सव कसरी मनाउने त्यसको विषयमा निर्णय लिने पनि उत्तराधिकारी महन्थ दासले बताउनु भयो ।

विगत वर्ष देखि जानकी नवमी महामहोत्सव भव्य रुपमा नै मनाउन थलिएको छ । यस पटक पनि त्यसको निरन्तरता दिदै अझै भव्यता प्रदान गर्ने पक्षमा मंन्दिर रहेको छ ।

प्रतिकृया दिनुहोस