ईश्वर , प्रमात्मा, परमेश्वर र देवता को हुन् त ?



अदृश्य शक्तिका नामहरु ईश्वर , प्रमात्मा , परमेश्वर र ,देवता नामहरु हामीले प्राय पुर्काेने नै गछौ । यी हाम्रा शक्तिहरुका नाम जसरी फरक छ त्यसरी नै फरक भुमिका उनीहरुले निभाइरहेका छन् ।। आफनो आफनो जिम्वेवारी यी सबैले वहन गरेका छन् ,कसैले आफनो रुप छोडेका छैनन् । घाम लागेकै , छ पानी परेकै छ । माटोले पनि धर्म छोडेको छैन । जे रोपको छ त्यहि उम्रीएको छ । त्यसैले त यी शक्तिका स्वरुपहरु प्रति हामी आशावादी छौ , हामी उनीहरुलाई सुखदुखमा पुकारीरहन्छौ
को हुन त उनीहरु
.इश्वर ः सबभन्दा नजिक रहेको आफनो मुखबाट निस्केका सकारात्मक शब्दहरु इश्वरका वाणी हुन् । अन्तरात्मा को आवाज ईश्वरीय शब्द हुन् । त्यसकारण विचार गरेर बोल भनिन्छ । इश्वर व्यक्तिक हुन्छन् जो जगत् का सबै सजिव वस्तुसगँ रहेको हुन्छ ।
परमात्मा ः परम प्लस आत्मा = ¬¬प्रमात्मा ती आत्माहरु बोट विरुवा ,विरालो सजिव चिज भित्र लुकेको हुन्छ । तोरीमा तेल ,खुर्शानीमा पिरो । चराचर जगत्मा लुकेर बस्नु भएको छ । सबैसगँ परमात्मा वसेका हुन्छन् ।
भगवान् ःसृष्टीकर्ताको नाम हो । मातापिता , सृष्टीकर्ता नै भगवान् हो । यस जगत्मा सबैका पनि जन्मदाता छन् । यो पनि साझा सम्पती हो ।
परमेश्वर ःभनेका पालनकर्ता हुनुहुन्छ । कसैले मासु खान्छ । कसैले रगत खान्छ ।खान्छ । कसैले घास मात्र चराचरमा जगत् मा  जति पनि सजिव प्राणी र वनस्पती छ त्यसको भोजनको लागि परमेश्वरले जुटाइदिनु भएको छ ।
देवता ः देव प्लस उता = देवता अर्थ के हो भने । देवता कुनै खोपामा राखेको ढुगां होइन । देवता त्यो हो जसले अर्काको मात्र हित गर्छ । आफुले केहि लिदैन ,दिने मात्र काम गर्छ, दाताको नाम हो देवता । को हो त दाता पानी देवता , वायु देवता , चन्द्रमा , सुर्य , वनस्पती ,पृथ्वी देवता ,पशंपक्षी देवता आदी
साधरणतया आपको बुटो सार्यौ रुख बन्छ । छहारी ,फल दाउरा , खाट र अन्तिममा चिता पनि बन्छ । आफुले केहि राख्दैन । गाईले गोबर दिन्छ, दुध दिन्छ । र छाला पनि जुतामा प्रयोग गर्छन् । हड् िको पनि निमार्णको सामाग्री बनाउने गर्छन् । अर्कालाई दिने काम गरेका छन् भने यी नै देवता हुन् । 

प्रतिकृया दिनुहोस