दशैको टिका थाप्न आज पनि मान्यजनकोमा आफन्तीहरु

यस वर्षको विजया दशमी देखि  मुलकभरी मान्य जन बाट टिका ग्रहण गरिने क्रम आज एकादशीमा पनि जारी नै छ । मंगलवार शुभ साइतमा नै राष्टपती राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शितल निवासमा  मंलबार बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा आमा मिथिला पाण्डे र हनुमान ढोकाका मूल पूजारीको हातबाट टीका ग्रहण गरेकी थिइन्।

पछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरुलाई टीका लगाइदिएकी थिइन्।

प्रधानन्यायाशीध चेलेन्द्रशमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख लगायतका उच्च पदस्थ व्यक्तिहरु राष्ट्रपतिको हातबाट टीका ग्रहण गर्न राष्ट्रपति भवन शितल निवास पुगेका थिए।

भिआईपीलाई टिका लगाइसकेपछि राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई टीका लगाइदिएकी थिइन् ।

 दशैको टिका लगाउने चलन पनि ठाउँ र समुदाय अनुसार फरक फरक पाइन्छ । कतिपयँले बिजया दशमीको दिन मात्र टिका लगाउने चलन छ भने कतिकोमा दशैको कोजाग्रत पुर्णिमा सम्म टिका लगाउने चलन रहेको छ । दशैको टिका थाप्नका लागि नै देश विदेशमा रहेकाहरु मातृभुमिमा आउने गरेका छन् । भने मुलकका विभिन्न ठाउँमा रहेकाहरु पनि बडादशैमा आफनो बुवाआमा भएको घरमा जाने गर्दछन् ।

प्रतिकृया दिनुहोस