नेपालका योग शिक्षकहरु हरिद्धारमा

पुष २ चितवन
पतन्जली योगपीठ मा आवद्ध नेपाल  ४ हजार ६ सय  भन्दा बढि योग शिक्षक र सहशिक्षकहरु यतिखेर छिमेकी मुलक भारतको धार्मिक क्षेत्र हरिद्धार हुनुुहुन्छ । पतंजलि योगपीठ नेपाल , पतंजलि योग समिती नेपाल  ,पतंजलि महिला र युवा समिती का उहाँहरु पतंजलि योगपीठ केन्द्रिय कार्यलय हरिद्धारमा भएको ५ दिने योग प्रशिक्षण शिविरमा सहभागी हुन हरिद्धार पुग्नु भएको हे । सो योग शिविरमा कार्यक्रम नेपालीहरु मात्र सहभागी छन् ।पतन्जिली योगपीठ हरिद्धारका सस्थापक एवं अध्यक्ष स्वामीराम देव र महामन्त्री  आर्चाय बालकृण्णको सानिध्यमा नेपालीका  योग शिक्षकहरुले  प्रशिक्षण शिविरमा सहभागी भई योग गरिरहनु भएको पतंजलि योगपीठ हरिद्धारका संरक्षक समेत रहनु भएका पतन्जिली योग समिती चितवनका संरक्षक उमाशंकर अग्रवालले जानकारी दिनुभयो ।उहाँका अनुसार पुष १ गतेबाट शुरु भएको सो शिविरमा नेपालमा योगको अवस्था ,पतंजलिका उत्पादन लगायत विभिन्न विषयमा छलफल हुने बताउनु भयो । पतंजलि योग समिती चितवनमा रहेका १ सय ४० जना योग शिक्षक  ,सह शिक्षकहरु सो शिविरमा सहभागी हुनुभएको छ । त्यसैगरि प्रदेस १ बाट ५७५ जना, २ बाट ४५६ जना , ३ बाट ९३५ जना, ४ बाट ११० जना, ५ बाट १६३८ जना , ६ बाट १३९ जना तथा सुदुरपस्चिम बाट ७०३ जना गरी नेपाल भरिबाट ४ हजार  ६सय ४६ पुर्णकालिन  (मुख्य योगशिक्षकहरु)  तथा सह योगशिक्षकहरु सो शिविरमा सहभागि हुनुुहुन्छ ।

नेपालमा योग शिक्षा दिन चाहाना भएका भएका व्यत्तिहरुलाई योग शिक्षक प्रशिक्षणका  लागि  योगपीठ हरिद्धारमा प्रशिक्षणमा सहभागी हुने व्यवस्था मिलाएको  योग समिति नेपालका केन्द्रिय सदस्य हरि बहादुर के.सीले  बताउनु भयो

सो अवसरमा पतंन्जलि योग समिति नेपालका केन्द्रिय अध्यक्ष लवदेव मिश्रबाट पनि नेपालको योगका विषयमा प्रशिक्षण दिनु भएको थियो । उक्त शिविरमा पंतन्जिली योगपीठ ,योगसमिती ,युवा र महिला सबै समितीका अध्यक्ष , लगायत पदाधिकारीहरु पनि सो शिविरमा सहभागि हुनु भएको योगपीठ हरिद्धारका आजिवन सदस्य  टंकनाथ पौडेलले जानकारी दिनु भयो 


पछिल्लो समयमा योग ध्यान साधनामा नेपालीमा चासो बढ्दै गएको विज्ञहरु बताउछन् । ‘गरौ योग रहौ निरोग ’भन्ने नाराका साथ नेपालमा पनि योग शिविरका विभिन्न कार्यक्रमहरु भइरहेका छन् । नित्य योग साधना , खानपान , रहनसहनमा ख्याल गर्ने हो भने दिर्घजीवि हुन सकिने  त\\ पतन्जली योग समिती चितवनका अध्यक्ष राम वस्तीले बताउनु भयो । नित्य योग साधना गरि स्वास्थ्य अनुकुलका खानपान गर्यो भने रोग लाग्न पाउदैन भन्ने भनाईलाई आत्मसाथ गर्दे हामीले पनि योग गर्ने कि?

प्रतिकृया दिनुहोस