महिनावारी हुँदा शारीरिक सरसफाईमा विषेश ध्यान

प्रतिमा कुमाल, पुस १४, चितवन ।
महिनावारीको समयमा गुणस्तरयुक्त सेनेटरी प्याड प्रयोग गर्नु अनिवार्य मानिन्छ । तर आर्थिक अवस्था, सहज पहुँचको अभावका कारणले गर्दा धेरै महिलाहरु गुणस्तरीय प्याड बाट बन्चित छन् । जस्ले गर्दा उनीहरुले पुरानो धोतीका कपडा, टालोलाई प्याडका रुपमा प्रयोगमा ल्याउने गरेका हुन्छन । महिनावारी हुँदा शारीरिक सरसफाईमा विषेश ध्यान पु¥याउनु पर्ने हुन्छ । तर चेतनाको कमीले गर्दा धेरै जस्तो महिलाहरुले महिनावारी हुँदा फोहोर कपडा प्रयोग गर्ने गर्छन । जसले गर्दा विभिन्न रोगको सिकार बन्छन् ।

महिनावारी हुँदा घरेलु कपडा प्रयोग गर्दा गुप्तांगको संकक्रमणको सिकार हुन्छ भन्ने सोेच गलत हो । धेरै जसो महिला कपडा प्रयोगमा सजकता नअपनाउदा संक्रमणको सिकार बन्ने गरेको भरतपुर अस्पतालका गाईनोलोजिस्ट डा. सुनिलमणी पोखरेल बताउछन् । उनले भने गुणस्तरयुक्त प्याड बजारमा आउनु भन्दा पहिला सबै महिलाहरुले सुतिका नरम कपडालाई प्याडको रुपमा प्रयोग गर्थे । जब बजारमा महंगा र गुणस्तरीय प्याडहरु आए कपडाको प्रयोगले रोगको सिकार बनिने धारणा पैदा भयो । तर आर्थिक स्थिति कमजोर र सहज पहुँच नभएका महिलाहरुका लागि अझै पनि घरेलु कपडाको प्याड नै गुणस्तरीय प्याड बनेको छ ।

यस्तै घरेलु प्याड प्रयोग गर्ने महिलाहरुले घेरै सजगता अपनाउनु पर्ने डा. पोखरेलको भनाई छ । उनका अनुसार प्रयोग गर्नु भन्दा पहिला कपडालाई तातो पानिमा उमालेर राम्रो संग धोइ घाममा सुकाउनु पर्छ । यसरी विधि प्रयोग गरेर सफा गरेको कपडा महिनावारी हुँदा प्रयोग गर्नु पर्छ । घरेलु कपडाको प्याड बजारमा पाहिने जस्तो एक पटक प्रयोग गरे पछि फ्याक्नु पर्छ भन्ने हुँदैन माथिको विधि प्रयोग गरेर पुन पाँच पटक सम्म त्यो कपडालाई प्रयोगमा ल्याउन सकिन्छ । विधि नजान्दा घरेलु कपडाको प्याड पकै पनि रोगको केन्द्र हो तर सरसफाईको विधि जाने बजारमा पाहिने विभिन्न नामका प्याडको बराबरी यसले गर्न सक्ने उनको भनाई छ ।

तर केही परमपरावादी सोचका कारण महिनावारीमा प्रयोग गरेको कपडा सूर्यलाई देखाउनु हुँदैन भन्ने अन्धविश्वस छ । यो परमपरा आत्मसाथ गर्ने महिलाहरुले कपडा घाममा सुकाउँदैनन् । फेरी अर्कोपटक महिनावारी हुँदा त्यही कपडाको प्रयोग गर्छन् । जसले संक्रमण भई पाठेघरसम्म फैलिने र त्यसले बाँझोपनको समेत समस्या ल्याउने खतरा हुन्छ । महिनावारीमा प्रयोग गरेको कपडा घाममा सुकाउनु पर्छ । यसले कपडामा भएको परजीवि नाष्ट हुन्छ । कपडा नरम र सुतीको हुनुपर्छ । महिनावारी हुँदा प्रयोग गरिएका कपडा फेरिरहनु पर्छ ।

महिनावारी शारीरिक परिवर्तन मध्यको एक परिवर्तन हो । यो हाम्रो शारीरमा भएका रागरसहरुको मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ । महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार भएको संकेत हो । पाठेघरले बनाएको रगतको तह विस्तारै योनिमार्ग हुदै रगतका रुपमा शरीरबाट बाहिर निस्कन्छ जुन रगतको रङ्ग गाढा रातो हुन्छ र कहिले काही ढिका जस्तो भएर जमेको रगतका रुपमा पनि बाहिर निस्कन्छ ।

महिनावारी महिलाको गर्भाशयको भित्री अस्तर रगत योनीबाट निस्कासन हुने प्रक्रिया हो । साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरु हुन्छ । तर कुनै कुनै युवतीहरु छिटो ९ वर्षको उमेरमा र ढिलोमा १६ वर्षको उमेरमा महिनावारी भएको पाईन्छ । महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ । महिनावारी ४५ देखि ५५ वर्षको उमेर भित्रमा सकिन्छ ।कालिका न्युजबाट 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

केदारनाथ यात्रा लगातार तेस्रो दिन पनि स्थगित

भारतको उत्तराखण्डमा अवस्थित केदारनाथ पदयात्रा मार्गमा रहेको चिरबासा नजिकैको पहाडबाट लगातार ढुङ्गा...