वैदिक सनातन धर्म सस्कृतिको संरक्षण का लागि


शरदपुर , पुष १५
हाम्रा अग्रजले अध्यन अनुसन्धान गरेर लेखिएका शास्त्र र ज्ञान विज्ञान लाई निरन्तरता दिन सक्यो भने भावि पुस्ताले गर्व गर्न पाउने प्रदेश सांसद विजय सुवेदीले बतबाउनु भएको छ । ओमकार परिवारको सहभागिता र वाह्रमण समाज चितवनको आयोजनामा श्रीमद्भागवत महापुराण तथा धनधान्यान्चल विराट ज्ञान महायज्ञका सम्बन्धमा भएको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।सो अवसरमा सांसद सुवेदीले विभिन्न जाति र भाषा भएका नेपालीको सबैको आफनो इतिहास ,सभ्यता भएको भन्दै सबैको सम्मान हुुनेपर्ने बताउनु भयोे । उहाँले वर्तमानमा वहुसख्यक रुपमा रहेका ओमकार परिवार ,वा्रहमण जातीका साथै सबै जातजाती संगठित हुदा राम्रोे हुने समेत बताउनु भयो ।
वैदिक सनातन धर्म सस्कृतिको संरक्षण का लागि ओमकार परिवारको सक्रियतामा गर्न लागिएको मा नै उपस्थित मारवाडी सेवा समाज नेपालका केन्द्रिय उपाध्यक्ष उमाशंकर अग्रवालले ओमकार परिवारको समेत उपस्थितीमा गरिन लागेको महायज्ञले समाजमा सकारात्मक संदेश छर्ने विचार राख्नु भयो । उहाँले भुमिदानको महत्व मानव जीवनमा अतलनिय रहेको भन्दै महायज्ञ भुमिदानलाई प्राथमिकता राखीएकोमा प्रशंशा गर्नु भयो । कार्यक्रममा नै उपस्थित दशनामी परिवार चितवनका अध्यक्ष जीवलाल पुरी निर्जलाले दशनामी परिवारले पनि सक्दो सहयोग गर्ने भनाई राख्नुभयो । सो कार्यक्रममा धार्मिक तथा सामाजीक अभियन्ता ममता शर्मा न्यौपाने ,वाह्मण समाज केन्द्रिय उपाध्यक्ष धुव्रराज शर्मा अर्याल , वाह्मण समाज नगरसमितीका माया पाठक महायज्ञ सहसंयोजक कृण्णहरी अर्याल, ठाकुर प्रसाद कण्डेल , भुमिदान संयोजक शेषराज सापकोटा , भरतपुरमा रहेको सगंम टोलका अध्यक्ष देवराज सापकोटा लगायतले महायज्ञ विशेष बनाउन लागिपर्ने बताउनु भयो । यज्ञ भुल आयोजक समितीका अध्यक्ष टंकनाथ पौडेलको अध्यक्षतामा भएको सो
सो छलफल कार्यक्रममा चितवनाका ओमकार परिवारका प्रतिनिधीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
वैदिक सनाता सस्कृतिको रक्षार्थ लगाउन लागिएको महायज्ञमा चितवनका नै प्रखर वाचक वालकृण्ण अर्याल प्रमुखवाचक रहनु भएको छ । ओमकार परिवारको लागि सभा हल तथा योगा हल निमार्ण गर्ने , जेष्ठ नागरिक सेवा सञ्चालन गर्ने,लगायतका उदेश्य अनरुप महायज्ञ गरिन लागेको महायज्ञका आर्थिक संयोजक राम प्रसाद ओस्तीले जानकारी दिनुभयो । आगामी माघ १५ गते देखि भरपुुर महानगरपालिका ९ शरदपुर संगमटोल रहेको वा्रहमण समाज चितवनको कार्यलय परिसरमा मा महायज्ञ हुने भएको छ ।
महायज्ञमा नेपालका ओमकार अभियन्ताहरुको समेत उपस्थिी रहने भन्दै विशेषत ओमकार परिवारको एकताको लागि महायज्ञ आयोजना गरिन लागिएको मुल समारोह समितीका संयोजक पौडेल बताउनु भयो । उहाँका अनुसार चितवन जिल्लाका साथै छिमेकी जिल्ला मात्र नभएर देश भरिका ओमकार परिवारहरुको भ्रमण पनि महायज्ञमा गराई नेपाल भम्रण वर्र्ष २०२०लाई पनि प्रभावकारी बनाउने छौ ।

 

प्रतिकृया दिनुहोस