शैव परम्परा र वज्र परम्पराको इतिहास बिच समानता


पुष १४ गुञ्जनगर
नेपालका वौद्ध र हिन्दु धर्म मान्नेहरु एक हुनुपर्ने पश्चिम चितवनमा रहेको श्री परमानन्द स्मृति वैदिक विद्याभवन गुरुकुलमा सोमवार आयोजित वर्तमानमा आध्यात्मिक शिक्षाको महत्व एवं गुरुकुल सञ्चालकहरुको भेला विषयक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । कार्यक्रमका प्रमुख अतिथी भरतपुर महानगरपालिका वडा १८ अध्यक्ष दिपक लामाले सो कायक्रमलाई सम्बोधन गर्दे नेपालका हिन्दु र वौद्ध मार्गी एक हुनपर्ने विचार राख्नु भयो । उहाँले गुरुगुल लाई आफुले पनि व्याक्तिगत रुपमा सहयोग गरेको भन्नुहुदै सबैलाई सहयोग गर्न सो अवसरमा आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो “हामी सबै यस गुरुकुलको गुठियार भएर गुरुकुललाई सहयोग गरौ ’, मैले पनि सहयोग गरेको छु अझै गर्ने छु” । कार्यक्रमका वक्ता ओमकार अभियन्ताका रुपमा नेपालभर परिचित मोहन लामाले पनि हिन्दु र वौद्धको गुरु मन्त्र भाषागत फरक मात्र भएको भन्दै वौद्ध र हिन्दु समुदायको एकता आवश्यक भएको बताउनु भयो ।उहाँले शैव परम्परा र वज्र परम्पराको इतिहास बारे बताउदै दुवै परम्परा एक आपशमा जोडिएको बारे प्रष्टाउनु भएको थियो ।उहाँले ल्होसार पर्व पनि महादेव कै स्तुति गर्ने भन्दै फरक मन्त्र र भाषा मात्रै भएको वर्तमानमा हामीलाई विभाजीत गराउने षडयन्त्र भएको बताउनुभयो ।
अन्तराष्ट्रिय आध्यात्मिक वक्ता डा .चिन्तामणि योगी मोहन लामा नेपालकै महान् ओमकार अभियन्ता हुनुभएको भन्नुहुदैन ,ओमकार परिवार बिच को एकता अबको आवश्यकता भएको प्रष्टाउनु भयो । उहाँले देव भाषा सस्कृत विश्व भाषा भएको धारणा राख्नु भयो । उहाँले गुरुकुलमा महर्षि वैदिक प्रतिष्ठान चलाउन सहयोग गर्ने समेत बताउदै गुरुकुलमा रहेका छात्राहरुलाई विभिन्न विषयमा प्रशिक्षण दिनु भएको थियो । गुरुकुलका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष मुिक्तनाथ ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रय स्थानिय विभिन्न संघसस्थाका प्रतिनिधी , विद्यालय ,मठमन्दिर र आमा समुहका प्रतिनिधीहरुले सहभागिता जनाएका थिए ।
आइतवार देखि विद्यालय परिसर मा सञ्चालन भएको सो सभा पहिलोदिन संस्कृत विश्वविद्यालय वाराणासीका पुर्व प्राध्यापक स्वामी जगन्नाथार्चाय, ज्ञानविज्ञान प्रतिष्ठान मालुङगा स्याङजाका संस्थापक अध्यक्ष एवं आध्यिात्मिक प्रवचक चैतन्य कृण्ण लगायतका धार्मिक तथा आध्यात्मिक अभियन्ताले मन्त्वय दिनु भएको थियो
२०५४ सालमा स्थापना भएको गुरुकुलमा हाल ३५ जना विद्यार्थीहरु आवाशिय सुविद्याका साथ अध्यन गरिरहेका र ५ कठा क्षेत्रफलमा गुरुकुल सञ्चालन भएको प्रार्चाय ज्ञान प्रसाद भुर्तेल जानकारी दिनुभयो

 

प्रतिकृया दिनुहोस