ॐकार परिवारको सहभागिता हुने महायज्ञमा वा्हमण समाजको छलफल

पौष २४, भरतपुर ।
ॐकार परिवारको सहभागिता तथा ब्राह्मण समाज नेपाल चितवनको आयोजनामा भरतपुर ९ शरदपुरमा हुन लागेको श्रीमद्भागवत् महापुराण तथा धनधान्याचल विराट ज्ञान महायज्ञमा जग्गादान गर्नेको संख्या बढ्दै गएको छ । ओमकार परिवारको लागि सभा हल तथा योग हल निमार्ण गर्ने लगायतका लक्ष्य राखी तय गरिएको महायज्ञ माघ १५ देखि २३ गतेसम्म चल्ने बताइएको छ । भरतपुर महानगरपालिका वडा नं ९ शरदपुरमा ब्राह्मण समाजको नाममा रहेको २ कठ्ठा १८ धुर जमिनलाई एउटा कित्तामा १.५० वर्ग मिटर क्षेत्रफल पर्ने गरी ६०१ कित्तामा विभाजन गरिएको छ । बुधबार साँझसम्ममा मात्रै दाताहरूले ८० वटा कित्ता भूमिदान आयोजकले जनाएको छ ।   छ । समाजले एउटा कित्ताको मूल्य रु २१ हजार १ सय ११ कायम गरेको बताएको छ । अहिलेसम्ममा सबैभन्दा बढी कित्ता जमिन दान गर्नेमा पतञ्जली योगपीठ समिति चितवनका योग शिक्षकहरु रहेका छन् । उहाँहरुले १५ कित्ता भूमिदान गर्नुभएको योगपिठ चितवनका अध्यक्ष एवं महायज्ञका आर्थिक संयोजक रामप्रसाद वस्तीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ८० कित्ता जग्गा दान गर्ने दाताहरु भईसक्नुभएको छ । महायज्ञ मुलसमारोह संयोजक पौडेलले पनि आफ्नो वुवाको स्मृतिमा ११ कित्ता दान गर्नु भएको छ । महायज्ञमा संकलित रकमले बन्ने ओमकार परिवारको सभाहल ,बहुआयामिक सहयोगार्थ प्रयोग गरिने भएकाले भवन ब्राह्मण जातिको मात्र हो भनी बुझ्नु योगकक्षा सञ्चालन गरी नागरिकलाई स्वस्थ बनाउनु पनि आफूहरूको उद्देश्य रहेको उहाँले बताउनुभयो । कार्यक्रममा महेश संंन्यास आश्रम देवघाटका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरीले आर्यव्रत संस्कृति र परम्परालाई जोगाउन पनि महायज्ञ सहयोगी रहने विश्वास राख्नु भयो । हरेक जातजातिका समुदायको अपनत्व बटुल्न सकेको खण्डमा महायज्ञलाई सफल मानिने कार्यक्रममा उपस्थित वक्ताहरूले बताउनुभयो । महायज्ञको तयारीका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा ब्राह्मण समाज नेपालका केन्द्रीय अध्यक्ष नारायणप्रसाद अधिकारी ,सहअध्यक्ष रोमणी प्रसाद पाठक ,उपाध्यक्ष धुर्वराज शर्मा अर्याल, महासचिव ओम शर्मा चापागाई ,कोषाध्यक्ष पृथ्वी पौडेल, यज्ञ स्थलमा रहेको , चितवनका अध्यक्ष रुद्ध प्रसाद पौडेल , संगम टोल विकास अध्यक्ष देवराज सापकोटा, ओमकार अभियन्ता फूलनाथ न्युरे , लगायतले बोल्नु भएको थियो । महायज्ञका संयोजक टंकनाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ओमका परिवार, आमा समुहका प्रतिनिधीहरु लगायतका उपस्थिती रहेको थियो । महायज्ञमा प्रखर भागवत वाचक वालकृण्ण अर्याल प्रमुखवाचक रहनु भएको छ ,भने महायज्ञ अवधिभर ओमकार अभियन्ताहरुको समेत उपस्थिी रहने बताइएको छ ।महायज्ञको उदेश्यहरुमा पाञ्चायन मन्दिर निर्माण गरी दैनिक धार्मिक प्रवचनको व्यवस्था गर्नु, धार्मिक पुस्तकालय एवम् वाचनालय सञ्चालन गर्नु तथा गुरुकुल शिक्षालाई प्रोत्साहन गर्नु पनि रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस