सस्कृति संरक्षण का लागि चितवनमा फुड फेस्टिवल ,

नारायणगढको क्याम्पाचौरमा पाचौ¬ं फुड फेस्टिवल बुधवार साझँ एक कार्यक्रमका बिच समुद्घाटन गरिएको छ । नेवा पुचः नारायणगढको आयोजनामा भएको भरतपुरमहानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले उद्घाटन गर्नुभएको हो । फुड फेस्टिवलको उद्धघाटन गर्दै उपप्रमुख शाहले नेपालीका सास्कृतिक सम्पदा , चाडपर्वले नेपालीबिच आत्मियता थपेको बताउनु भयो । उहाँले समुदायको पहलमा हुने यस्ता कार्यक्रमको प्रशंशा समेत गर्नुभयो । नेवा पुचः नारायणगढका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यको अध्यक्षतामा भएको सो कार्यक्रममा महानगरपालिका वडा २ का अध्यक्ष पुर्ण वहादुर श्रेष्ठ ,  उद्योग वाणिज्य संघ नारायणगढका नवनिवार्चित अध्यक्ष राजु श्रेष्ठ ,पुच ः नारायणगढका कोषाध्यक्ष देवेन्द्र कुमार श्रेष्ठ लगायतले बोल्नु भएको थियो । माघे सक्रान्ति देखि शुरु भएकोे फुड फेस्टिवल माघ ६ गतेसम्म चल्ने  छ । फुड फेस्टिवलमा ३८ वटा स्टलहरु रहेका छन् । यसपटकको फुड फेस्टिवल  नेवा पुचः नारायणगढको पाचांै संस्करण हो । यस अघि उवासंघ चितवनको आयोजनामा भएको चितवन महोत्सव सगँ सहकार्य गरी तीन पटक र पुच ः नारायणगढको आयोजनामा २ पटक फुट फेस्टिवल आयोजना गरिएको पुचः नारायणगढका महासचिव प्रविना श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार फुड फेस्टिवल विभिन्न परम्परागत खानाका परिकारहरु , सास्कृतिक कार्यक्रम डिजे  प्रस्तुती फेसन सो ,लगायतका कार्यक्रमहरु आयोजना गरिएको छ । आज चर्चित गायक प्रकास सपुतको प्रस्तुती रहने आयोजकले जनाएको छ । फुड फेस्टिवल साझँ ५ देखि १० बजे सम्म चल्नेछ । 

प्रतिकृया दिनुहोस