आश्रमका बालिकासगँ छोरीको जन्मदिन

बालिकासगँ छोरीको जन्मदिन
देवघाट माघ,३
नेपाल सरकारका सहसचिव बासुदेव काफ्लेले आफनो छोरी अनुराधा काफ्लेको जन्मदिन आश्रमका बालिकाहरुसगँ मनाउनु भएको छ । आज परेको छोरीको ५ औ जन्म दिन देवघाटमा रहेको श्री राम जानकी बालिका आश्रम –कन्या ) गुरुकुलमा रहेका बालिकाहरुसगँ मनाउनु भएको हो । सो अवसरमा उहाँले आश्रमका बालिकाहरुका लागि १ दिनको भोजन सहयोग गर्नुभएको हो । उहाँले आश्रममा बालिकाहरुलाई गुरुकुलिय शिक्षा प्रदान गर्दे आवासिय सुविधा दिएको खुशी व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले सहाराविहिन बालिकाहरुको संरक्षण र शिक्षा महत्वपुर्ण पक्ष भएको बताउनुभयो । बालिका आश्रममा हाल ३२ जना बालिकाहरु आवासिय सुविधाका साथ रहेका छन् । उनीहरु प्रायले सस्कृतका मन्त्र ,भागवत गीता पाठ गर्न सक्ने बालिका आश्रमका अध्यक्ष सावित्री माता(टन्डन)ले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस