शिवदत्त सेवा धाम चेरिटेबल टृस्ट द्वारा मुम्बईमा दिब्य श्रीमद्भागवत सप्ताह

श्री शिवदत्त सेवा धाम चेरिटेबल टृस्ट द्वारा आयोजित दिब्य श्रीमद्भागवत सप्ताह नवी मुम्बई को कोपर खैरणे मा भएको थियो। यस धार्मिक कार्यक्रम का प्रमुख अथिति नेपाल बाट ओमकार महाअभियान का प्रमुख संयोजक श्री निक्ष समशेर राणा को बिषेश उपस्थिति रहेको थियो भने साथमा नेपाल बाट हिन्दू अधिराज्य तथा गौरक्षा अभियान का तीसजनाको टोली को पनि आगमन भएको र सत्कार समेत गरिएको थियो। आशिर्बचन विस्व युवा संघ का राष्ट्रिय अध्यक्ष पुज्य सन्त नवल बिहारी शरण जि महाराज साथै साधु जि को पहलमा भयको धार्मिक कार्यक्रम नेपाल बाट आउनु भएकी, वाचिका अन्तराष्टिय प्रबक्ता माया घर नेपाल कि संस्थापक अध्यक्ष भागवत मंजरि राधिका दासी जि बाट रसमय प्रवचन भएको थियो। सयुक्त नेपाली महासंघ,मनकामना एकता फाउन्डेसन र नेपाली समाज मुम्बई का सङ्घ सस्था लगायत बृहत जनसहभागिता साथै सहयोग पनि गरेका थिए। भारतको मुम्बईमा भएको यो कार्यक्रम एक ऐतिहासिक मात्र नभएर हाम्रो धर्म सस्कृती र संस्कार लाई प्रेरणा दिदै "नेपाल भ्रमण बर्ष 2020"सफल पार्ने उदेस्य को साथ् सफल र समपन्न भएको थियो।भारतको मुम्बई मा गत फाल्गुन ७ देखि १३ सम्म भएको दिब्य संगीतमय श्रीमद्भागवत महापुराणमा नेपाल बाट प्रमुख अतिथिको रुपमा ओमकार महाअभियानका प्रमुख संरक्षक श्री निक्ष शमसेर राणा ज्यु , त्यस्तै बिश्व हिन्दु महासङ्घ का उपाध्यक्ष श्री दिनेश कुमार सिजापती , नेपाल बिश्व हिन्दु महासङ्ग का उपाध्यक्ष श्री बिजय निसाद सहित तीस जनाको टोलिको उपस्थिति रहेको थियो। कार्यक्रम अत्यन्तै भब्य र सभ्य रुपमा सु सम्पन्न भयो। यस कार्यक्रममा बिश्व हिन्दु युवा संघ भारत का अध्यक्ष शन्त श्री नवल बिहारी सरण जि महाराज को आशिर्वचन रह्यो भने मुम्बई मा रहेका १० भन्दा बढी नेपाली संघ संस्था हरुको पनि उपस्थिति रहेको थियो । यस कार्यक्रमको आयोजक श्री शिव दत्त सेवा धाम चेरेटेवल ट्रस ले गरेको थियो।

प्रतिकृया दिनुहोस