बखानसिहंको शालिक शिलान्यास

 

शारदानगर , २९ 
नेपाल कै पहिलो सहकारी बखान सहकारी सस्थाका सस्थापक अध्यक्ष स्व बखान सिहं गुरुङको अर्धकद शालिकको वुधवार एक कार्यक्रमका बिच  शिलान्यास गरिएको छ । भरतपुर १९ मा रहेको  जागृती  बहुउदेश्यीय सहकारी सस्था परिसरमा उहाँको  अर्ध्कद शालिक राखिने भएको हो ।  जिल्ला सहकारी संघका अध्यक्ष टीकाराम भटराईको प्रमुख आतिथ्यतामा भएको सो शिलान्यास  कार्यक्रमा ,प्रमुख अतिथी भट्टराई  विशिष्ठ अतिथीी राष्ट्रिय  सहकारी बैंकका केन्द्रिय लेखा सदस्य तारा गुरुङ, नबजागृती बहुउदेश्यीय  सहकारी सस्थाका अध्यक्ष सन्तमाया गुरुङले सयुक्त रुपमा शिलान्यास गर्नु भएको थियो ।
पश्चिम चितवनको बखानपुर शारदानगरमा  बि.स. २०१३ चैत २०गते नेपाल कै पहिलो सहकारी बखान सहकारीको स्थापना भएको थियो  । जुन सहकारीको स्थापनामा बखान सिहंकै सक्रियताले भएको थियो ।बि.स.२०१६ सालमा राष्ट्रियसभाको सदस्य स्वर्गिय  बखान सिहं गुरुङ बि.स.२०३८ सालमा भुमि सुधार एब न्याय कानुनी मन्त्री समेत रहनु भएको  थियो । स्वर्गीय गुरुङ प्रतिको माया एवं  सम्झना स्वरुप  सस्थाले उहाँका े अर्धकद मुर्ति निर्माण गर्ने निर्णय  गरेको हो । सिलन्यास कार्यक्रममा आज जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष  दिनेश कुमार  चुके, भरतपुर महानगरपालिका १९ वडा अध्यक्ष कर्ण बहादुर गुरुङ, र,समाजसेवि तोपमान सिंह गुरुङ,समाजसेवि बिष्णु ढकाल, भरतपुर १९ सभापति आशमान गुरुङ,होम बहादुर छेत्री वडा सदस्यहरु साधना पराजुली, चुन्चा परियार, र्सिजना महिला सहकारी सस्थाका  अध्यक्ष सुर्यकला अधिकारी एब सस्थापक अध्यक्ष महालक्ष्मी गुरुङ, लगायत  आमा समूह एब संघ सस्थाका प्रतिनिधि हरुको पनि उपस्थिती रहेको थियो । 

प्रतिकृया दिनुहोस