घर घरमै जपे रामनाम -रामका मन्दिरहरु भए शुनशान,


चितवन , २० ,चैत ।
वैदिक सनातनीहरुको महान् पर्व राम नवमी यसपटक भने सबैले घरमा नै मनाएका छन् । कोभिड १९ को संक्रमणबाट बच्न भएको लकडाउनका कारण रामनवमी पर्व घर घरमा नै श्रद्धालुहरुले मनाएका हुन् । श्रद्धालुहरु घर मानै पुजाँआजा गरि मन्दिर कोहि नगएपछि सबै ठाउँमा रहेका रामका मन्दिर भने शुनशान नै रहे । रामनवमी पर्वमा लाग्ने विशेष मेलाहरु पनि यसपटक आयोजना नै गरिएन , जसले गर्दा सदियौ देखि यसै पर्वका अवसरमा लाग्ने मेला लाग्ने प्रसिद्ध धामहरु पनि शुनशान नै थिए । मठ मन्दिर नगएपनि श्रद्धालुहरुले घरमै नै रामनवमी मनाएको बताएका छन् । देव चैत्र शुल्क नवमी को दिन श्रीराम भगवानकको जन्म भएको थियो । तेत्रा युगमा भगवान विण्णुको सातौ अवतारको रुपमा राम भगवानको जन्म आज कै दिन भएको शास्त्रहरुमा उल्लेख रहेको छ । जसका कारण हरेक वर्ष यसदिनलाई रामनवमी पर्वका रुपमा मनाउने गरिन्छ । 

 

त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।

आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पुरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ ।आज नै चैत्र नवरात्री को अन्तिम दिन असत्यमाथि सत्यको विजय भएको दिनको रुपमा पनि यो पर्व महत्वका साथै मनाउने गरिन्छ ।

अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसको नाश गरेको बताइन्छ ।विगतका वर्षहरुमा जस्तो यसपटक पनि चैत्र नवरात्रि पनि शुनशान नै र्हयो । यस अवसरमा शक्तिपिठहरुमा भक्तालुहरलाई पुजाँ आराधनामा निशेष गरिएको थियो 

प्रतिकृया दिनुहोस