मौलाकालिका मन्दिर क्षेत्रमा मर्निङवाक गर्न नपाइने

गैडाकोट,बैशाख ५-नेपालकै प्रसिद्ध शक्तिपिठका रुपमा प्रसिद्ध नवलपुरको मौलाकालिका मन्दिर परिसर क्षेत्रभित्र मर्निङवाक गर्न नपाइने भएको छ । 

। कोरोना भाईरसका कारण सवैतिर लकडाउन गरि सुरक्षीत रुपमा घरमै रहन सरकारले आग्रह गरेपछि स्थानीय वडा कार्यालयको समन्वयमा मर्निङवाक बन्द गरिएको हो ।

गैडाकोट नगरपालिका वडा नम्बर एकका अध्यक्ष हरीप्रसाद सापकोटाले स्थानीयलाई घरभित्रै बस्न आग्रह गर्दै अत्यावस्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गरे । वडा कार्यालयले टोलविकास संस्थाको सहयोगमा विहान र साँझ मुख्य चोकमा जनप्रतिनिधि नै राखेर लकडाउनलाई कडा पारेको छ ।। भरतपुर र गैँडाकोटका विभिन्न स्थानबाट एकाबाहिनै ४ बजे मानिसहरु मौलाकालिका क्षेत्रमा मर्निङवाकका लागि पुग्ने गर्छन 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

केदारनाथ यात्रा लगातार तेस्रो दिन पनि स्थगित

भारतको उत्तराखण्डमा अवस्थित केदारनाथ पदयात्रा मार्गमा रहेको चिरबासा नजिकैको पहाडबाट लगातार ढुङ्गा...