चाणक्य नीति र व्यर्थ धन

धन कसरी आर्जन हुन्छ ? कसरी आर्जन गरेको धनले सुख र समृद्धि दिलाउँछ ? धन किन र कतिबेला उपयोग हुन्छ ? धन कुन अवस्थामा व्यर्थ हुन्छ ? यावत् विषयम महर्षि चाणक्यले उल्लेख गरेका छन्, जो आजको समाजमा पनि उत्तिकै महत्वपूर्ण हुनसक्छ ।

हामीमा धनप्रति एक किसिमको आशक्ति छ । धन आर्जन गर्नु वा सम्पन्न हुनु आफैमा राम्रो कुरा हो । तर, धन नै सर्वोपरी होइन । जब हामी धनप्रति आशक्ति वा मोह राख्न थाल्छौं, हामीले जीवनको सार्थकता गुमाउन पुग्र्छौं । यावत् विषयम यहाँ चाणक्यको महत्वपूर्ण भनाई समावेश गरिएको छ ।

धनको वचत

कुनैपनि संकट वा खराब दिनबाट बच्नका लागि धन संचित गर्नु आवश्यक छ । अभाव र समस्याहरु टार्नका लागि धन सम्पति वचत गर्नुपर्छ । जोगाउनुपर्छ ।

धनले आपतमा जुध्ने सामथ्र्य

धन सम्पति जीवनको एक महत्वपूर्ण अंश हो । यसले हामीलाई आपत–विपतसँग जुध्ने सामथ्र्य दिलाउँछ । संभावित संकटलाई लिएर हामीले पिरोलिनुपर्ने बाध्यता हटाइदिन्छ । धन एक किसिमको शक्ति पनि हो ।

समृद्ध स्थानमा रहनुपर्छ

यस्तो देश वा क्षेत्रमा हामीले आफ्नो वासस्थान बनाउनुपर्छ, जहाँ आयआर्जनको स्रोत मिल्छ । रोजगार, इज्जत, शुभचिन्तक र शिक्षा मिल्छ । उन्नत भूमी, सिंचाईको व्यवस्था भएको, सभ्य र समझदार छिमेकीहरु भएको ठाउँमा बसेर समृद्धि हासिल गर्न सकिन्छ ।

धनको मोह हुनुहुन्न

जीवनका समस्या, अभावहरु टार्नका लागि धन आवश्य चाहिन्छ । यद्यपि धनप्रति आशक्ति हुनुहुँदैन । अरुलाई पिरोलेर, झुट बोलेर, आफ्नो धर्म छाडेर, सत्रुता मोलेर एकदमै कठिनताका साथ प्राप्त गरेको धन व्यर्थ छ । यसरी धन आर्जन गर्नु उचित हुँदैन ।

धनवान र मोक्ष

जुन व्यक्तिसँग आस्था, धन र केही लगाव हुँदैन, उनलाई कहिल्यै मोक्ष मिल्दैन । उनीहरु जीवन र मरणको चक्रमा फसिरहन्छ ।

गरिबी एक रोग

गरिबीमा जीवन व्यतित गर्नु निकै दुःखदायी कुरा हो । श्रम, सीप, दक्षता, मेहनतको अभावमा गरिबी हुन्छ । यस किसिमको गरिबी आफैमा एक रोग समान हो ।

जुन धन व्यर्थ छ

धन आर्जन गर्नु, धन वचत गर्नु जीवनको एक महत्वपूर्ण हिस्सा हो । यद्यपि यसरी संचय गरेको धन आवश्यक परेको बखत मन खोलेर खर्च गर्न सक्नुपर्छ । आवश्यक परेको समयमा पनि खर्च नगर्ने धनको कुनै औचित्य हुँदैन 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

केदारनाथ यात्रा लगातार तेस्रो दिन पनि स्थगित

भारतको उत्तराखण्डमा अवस्थित केदारनाथ पदयात्रा मार्गमा रहेको चिरबासा नजिकैको पहाडबाट लगातार ढुङ्गा...