देवघाटका आश्रमहरुलाई तरकारी सहयोग गर्दे किसानहरु



पुजाँ भट्टराई 
शशिनगर, ८, जेठ । पश्चिम चितवनमा रहेका कृषकहरुले देवघाटधाममा रहेका विभिन्न आश्रम लगायत त्यहाँ रहेका वृद्ध वृद्धालाई तरकारी सहयोग गरेकाछन् ।भरतपुर १८ शशिनगरका  कृषक टंकनाथ रेग्मीले सो अवसरमा  ५ सय केजी लौका सहयोग गर्नुभएको छ । त्यसैगरि भरतपुर १८ कै  अर्का कृषक जिवलाल अधिकारीले ८० केजी काक्रो र अर्का कृषक बद्री राना थारु र कमल चन्द्र अर्याले पनि सो अवसर ५० केजी मुला सहयोग गर्नु भएको छ । सो तरकारी श्री देवघाटमा रहेका पौडेल आश्रम ,वृद्धा आश्रमहरु सगै श्री वागिश्वरी आध्यात्मिकपरिषद् योगी नरहरिनाथ आश्रम, राम जानकी बालिका आश्रम लगायतमा वितरण गरिएको थियो । सो तरकारी ढुवानीका लागि शसस्त्र  प्रहरी बल १७ नम्बर  गण भरतपुरका प्रहरी उपरिक्षक सेम बहादुर थापा ,समाजसेवी छाया श्रेष्ठले सहयोग गर्नुभएको थियो ।
विश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९ को कारण तरकारी व्यवशाहिहरु  मारमा पनि  परेका छन् । कृषकहरुका तरकारी बारीमा विक्रीका लागि तयारी अवस्थामा छन्, कोरोनाका कारण उचित मूल्य भने पाउन सकेका छैनन् ।  देवघाटामा रहेका जेष्ठनागरिक , आश्रमहरुलाई  तरकारी सहयोग गर्न पाउदा खुशी लागेको कृषकहरु बताउनुछन् । देवघाटमा रहेका आश्रमहरु ,कुटिमा एकल जीवन बिताएका वृद्धवृद्धाहरुले  लकडाउनका कारण सहज रुपमा  तरकारी लगायतका समाग्रीहरु प्राप्त गर्न सकेका छैनन्। यस्तो महामारीका बिच किसानले तरकारी सहयोग गर्नुभएकोमा नरहरिनाथ आश्रमका संरक्षक शान्त्त प्रसाद पोखरेलले खुशी व्यक्त गर्दे किसानहरुले महान् पुण्य कार्य गर्नुभएको बताउनु भयो ।

प्रतिकृया दिनुहोस