ओमकार परिवारको भवन निमार्ण कार्यसुरु

 भरतपुर ६ जेठ ।ब्राहमण समाज नेपाल चितवनले ओमकार परिवारको  भवन निमार्ण कार्य सुरु गरेको छ । गत माघ १५ देखि २३ गतेसम्म भरतपुर ९ शरदपुरमा आफ्नै जमिनमा महायज्ञको आयोजना गरि महायज्ञबाट संकलित रकमले भवन निमार्ण कार्यको थालनी गरेको हो । शनिबार एक कार्यक्रमका बिच महायज्ञबाट उठेको रकमको आय ब्याय  सार्वजनिक गर्दै भवन निमार्ण कार्यको थालनी गरेको हो ।

ब्राहमण समाज र ओम कार परिवार संयुक्त रुपमा आयोजना गरेको महायज्ञमा २ करोड १६ लाख ९१ हजार ६ सय ६२ रुपैया  संकलन भएको र २१ लाख ४३ हजार २ सय ८८ रुपैया खर्च भएको महायज्ञ मुल समितिमहायज्ञ संयोजक टंकनाथ पौडेलले बताउनु भयो । त्यस्तै १ करोड १४ लाख ७ हजार ८ सय ८९ रुपैया बोलकबोल उठाउन बाँकी रहेको  महायज्ञका  आर्थिक संयोजक रामप्रसाद ओस्तीले जनाउनु भयो । उहाँले महायज्ञ सम्पन्न भएपश्चात भवन निमार्ण शुरु गर्न लागिएपनि लकडाउनका कारण अहिले शुरु गर्न लागेको बताउनु भयो ।  लेखा परिक्षक भोजराज न्यौपानेले आर्थिक प्रतिबेदन  मुल समितिका संयोजक टंकनाथ पौडेललाई हस्तान्तरण गर्नु भएको थियो ।महायज्ञ गत ममाघ १५ देखि २३ गते सम्म ओमकार परिवारको  भवनसगै ,सनातन सभ्यता , धर्म सस्कृतिको रक्षा का लागि जेष्ठ नागरिक सेवा सञ्चालन गर्ने महान् अभियान एवं  धार्मिक पुस्ताकालय, योग तथा सत्सगं भवन निमार्ण गर्ने लगायतका    उदेश्यका  लगाइएको थियो 

प्रतिकृया दिनुहोस